कञ्चनपुर- सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले प्रदेशस्तरीय स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले बताउनु भयो । उक्त कार्यलाई विस्तार गरी सुदूरपश्चिम प्रदेशका सबै ९ वटै जिल्ला र ८८ वटै स्थानीय तहहरूसम्म पु¥याउने लक्ष्य रहेको मन्त्री खड्काले जानकारी दिनुभयो ।
स्वास्थ्य प्रवर्द्धन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले प्रदेश सरकारले चालु वर्षलाई स्वास्थ्य सुधार वर्षका रूपमा अघि बढाएको बताउँदै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा धेरै कोणबाट सुधार भइरहेको उल्लेख गर्नुभयो । महेन्द्रनगरमा प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यालय स्थापनाका लागि भीमदत्त नगरपालिकाले जग्गा समेत उपलब्ध गराएको बताइएको छ । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरको कार्यालय प्रमुखको रूपमा हेमराज खड्कालाई नियुक्त गरिएको छ । हरिश्चन्द्र बागले नेपालबोध डटकममा लेखेका छन्।









Discussion about this post