Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

के व्यायामले तौल घटाउन मद्दत गर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ फाल्गुन १२, बिहीबार ०८:३८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मानिसहरूले तौल घटाउनको लागि धेरै नै मेहनत गर्नुपर्ने हुन्छ । आफ्नो नियमित पछ्याइरहेको जीवनशैली सुधार गर्ने, बानी परिवर्तन गर्ने आदी । धेरै व्यक्तिले तौल घटाउँछु भन्ने सोच आउने बित्तिकै शुरु गर्ने भनेको शारीरिक व्यायाम हो । उनीहरू हप्तामा तीन चार दिन जिम जान थालेको पाइन्छ । त्योसँगै थप हिँड्ने, कुकुरसँग डुल्ने पनि गरेको पाइन्छ ।

यद्यपि धेरै मानिस आफूले शारीरिक व्यायाम गर्दा, धेरै पसिना बगाउँदा पनि थोरै समयमा धेरै तौल नघटेको अनुभव गर्छन् । त्यसोभए के व्यायाम तौल घटाउनको लागि प्रभावकारी छैन ? के यो समय र प्रयासको बर्बादी मात्र हो त ?

पहिलो कुरा त व्यायामले स्वास्थ्यसम्बन्धी धेरै फाइदा हुन्छ । व्यायामले पुरानो रोगबाट मुक्ति दिने मात्र होइन मृत्युको जोखिमलाई समेत कम गर्छ । तौल घटाउनका लागि व्यायाम कहिलेकाहीँ कम प्रभावकारी भने हुन सक्छ । त्यसैले मानिसले कसरी व्यायामलाई तौल व्यवस्थापन गर्ने योजनामा समावेश गर्ने भन्ने कुरामा ध्यान पु¥याउनुपर्छ ।

अत्यधिक क्यालोरी घट्ने अनुमान
नियमित रूपमा सक्रिय हुनु र व्यायामका गतिविधिहरूमा भाग लिनु भनेको दिनभरि शरीरमा थपिने थप ऊर्जाहरू खर्च गर्ने तरिका हो । जसलाई थप क्यालोरी नष्ट गर्ने भनिन्छ । नकारात्मक ऊर्जा सन्तुलन समयसँगै निरन्तर वजन घटाउनको लागि आवश्यक छ ।

यद्यपि व्यायामले व्यक्तिले सोचे जस्तो तौल घटाउनको लागि मद्दत नगर्न सक्छ । गतिविधि ट्रयाकरहरु र फिटनेस घडीले व्यायाम गर्दाको समयमा मात्र नष्ट भएको क्यालोरीको मात्रालाई मात्र ध्यान दिएको देखाउने हुन सक्छ । फिटनेस घडीमा ट्र्याक गरेअनुसार ४५ मिनेटमा १२ सय क्यालोरी घटाएको देखाउन सक्छ जुन दिनभरिको क्यालोरी नष्ट गर्न तीव्र रूपमा व्यायाम नगरेको समयमा ४ सय देखि ७ सय सम्म मात्र क्यालोरी नष्ट भएको हुन्छ । त्यसैले यस्ता उपकरणले लक्षित क्यालोरीको गणना गलत हुन जान्छ । परिणाममा व्यायामभन्दा बाँकी समयमा कती क्यालोरी उपभोग गर्ने भन्ने सम्बन्धमा भ्रम पैदा हुन्छ ।

दैनिक बानी
व्यायामले शरीरको तौललाई सार्थक रूपमा घटाउन नसक्नुको कारण मध्येको एक हो दैनिक बानी । किनभने मानिस व्यायाममा भाग लिन्छन् र बाँकी समय व्यायाम नगर्दा जे पनि खाने धेरै आराम गर्नेतिर लाग्छन् । यसले वजन घटाउने लक्ष्य प्राप्त नहुन सक्छ । कोही कोहीको त बढी खाने बानी नै हुन्छ । त्यस्तै व्यायाम गरेपछि थप गुलियो पदार्थ खाने बानी हुन्छ । यसो गर्दा शरीरमा क्यालोरीको मात्रा थप बढ्न जान्छ । अध्ययनले पनि एक समय शारीरिक कसरत र व्यायाममा सहभागी भएपछि बाँकी समय निष्क्रिय भएर बस्नेको सङ्ख्या धेरै रहेको देखाउँछ । बाँकी दिन कम काम गर्ने, निष्क्रिय हुने गर्दा तौल अपेक्षा ग।रे अनुरूपले घट्दैन ।

आहार परिवर्तन
अध्ययनहरूले व्यायामसँगै आहार परिवर्तनलाई तौल घटाउने कुशल रणनीतिको रूपमा पत्ता लगाएका छन् । यसले गर्दा समयसँगै बिस्तारै वजन घट्दै जान्छ । यदि जिम जान, फिटनेसका लागि समय छैन भने आफ्नो खानामा थोरै क्यालोरी घटाउन सकिन्छ । अनि घरायसी काममा सक्रिय हुनुपर्छ । यदि खाना खाने कुरामा अनुशासित नहुने तर अन्य समयमा भन्दा बढी हिँड्ने हो भने तौल घट्नमा कुनै सहयोग पुग्दैन । खानाको मात्रा घटाउँदा केही समय गाह्रो हुनसक्छ । तर हप्ता र महिना बित्दै जाँदा यो विधि प्रभावकारी हुँदै जान्छ ।

शक्ति प्रशिक्षण
व्यक्तिले गर्ने व्यायामको प्रकार पनि महत्त्वपूर्ण हुन्छ । शक्ति प्रशिक्षण तौल कम गर्न व्यायामको एक प्रभावकारी रूप हो जसले तौल घटाउने प्रक्रियामा सुधार गर्न सक्छ । यदि कोही व्यक्ति अति मोटो छ भने दुब्लाउनु जरुरी हुनसक्छ । तर मोटोपनसँगै शरीरमा शक्तिको अवस्था कस्तो छ मापन गर्नुपर्ने हुन्छ । तौल घटाउनमा मात्र केन्द्रित हुनुभन्दा शरीरमा आवश्यक शक्ति सञ्चयमा केन्द्रित हुनुपर्छ । व्यायामले मांसपेशीको तन्तु जोगाउने, हड्डीलाई बलियो बनाउनेलगायत काम गर्छ । त्यसो गर्दा उमेर बढ्दै जाँदा चाँडै कमजोर हुने सम्भावना न्यून हुन्छ । तर व्यायामचाहिँ ठिक तरिकाले गर्नुपर्छ ।

त्यसोभए के तौल घटाउन कै लागि व्यायाम गर्नु व्यर्थ हो त ? पक्कै पनि होइन । व्यायाम तौल घटाउन प्रभावकारी जीवनशैली परिमार्जन हो । व्यायामले शरीर स्वस्थ रहन ठूलो भूमिका खेल्छ । त्यसैले तौल घटाउनको लागि मात्र व्यायाम भनेर सोच्नु हुँदैन । स्वस्थ भएर बाच्नका लागि व्यायाम भन्ने धारणा राख्नुपर्छ । मकालु खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ फाल्गुन १२, बिहीबार ०८:३८

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व