बैतडी– जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ३ ले न्यानो कपडा (कम्बल) बितरण गरेको छ ।
शुक्रबार वडा भित्र रहेका जेष्ठ नागरिक , ६० वर्ष माथिका दलित र ग र घ वर्गका अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरिएको हो ।

अत्याधिक चिसो बढे सँगै चिसो छल्नको लागि आ ब २०७८÷८९ को लागि वडा अध्यक्ष दाम बहादुर क्षेत्रीको विशेष पहलमा उक्त वडा कार्यालयले लैगिक समानता तथा समावेशी शीर्षकमा बजेट निकासा गरी उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रम बाट वडाका करिब ७० भन्दा बढी व्यक्ति लाभान्वित भएको प्रेस युनियन बैतडी कोषाध्यक्ष धन बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।










Discussion about this post