सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गण्डकीदेखि पश्चिम भोलिदेखि मौसम सुधार हुने

पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर बदली र वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज देशभर नै घाम लाग्ने सम्भावना छैन । ‘यो प्रणाली अलि ठूलो भएकाले आज दिनभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यद्यपि लगातार झरी हुने छैन,’ उनले भने । केहीबेर पानी पर्ने, रोकिने, फेरि पानी पर्ने भइरहने मौसमविद प्रधानाङ्गको भनाइ छ ।

यो प्रणालीले काठमाडौं आसपासका क्षेत्रमा पनि हिउँ पार्ने मौसमविद प्रधानाङ्गले बताए । ‘हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेकै छ,’ मौसमविद प्रधानाङ्गले भने, ‘काठमाडौं उपत्यका आसपासमै पनि हिउँ पर्छ ।’ चन्द्रागिरि डाँडामा रातिदेखि नै हिमपात भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हिमपात र वर्षाका कारण देशभर चिसो बढेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।
मौसमविदका अनुसार आइतबारदेखि पश्चिम नेपालका जिल्लाहरुमा मौसममा सुधार आउने छ । तर गण्डकी प्रदेशदेखि पूर्वतर्फ भने भोलि पनि बदली र हल्का वर्षा नै हुने मौसमविद प्रधानाङ्गले बताए ।

Dirghayu Ads

आज गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङसहित असिना पानी पर्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.