सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा भारी हिमपात

सुदूरपश्चिमको बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला र डोटीलगायत जिल्लाका उच्च क्षेत्रमा बुधबार रातिदेखि हिमपात सुरु भएको छ । हिउँ परेसँगै लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ । हिमपातले एक्कासी बढेको चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।

विशेषगरी दार्चुलाका विभिन्न क्षेत्रमा रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कस्टकर बनेको छ । दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड, अपी हिमाल, न्वालपानी, दल्लेखलगायतका क्षेत्रमा हिमपात भएको मालिकार्जुन गाउँपालिका–२ का स्थानीय धनसिंह धामीले बताए ।

Sana Kishan

त्यस्तै, ब्यास गाउँपालिका–३ को सीना तुसरपानी, वडा–२ को राप्ला, दुम्लिङ, वडा–४ को सुन्सेरा, डोकट, वडा–५ को धौलाकोट, वडा–६ को हुतीलगायतका बस्तीहरूमा हिउँ परेको ब्यास गाउँपालिकाका स्थानीय पदमराज भट्टले बताए । उनका अनुसार कालापानी नजिकको क्षेत्र वडा–१ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँले खानेपानीका पाइपहरू जाम भएका छन् भने शौचालय जानसमेत समस्या भएको छ ।

World Link Ads
Mahakali Polytechnic

हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्ने गरेको छ । अहिले चिसोका कारण ब्यास गाउँपालिका–१ छाङ्रुमा रहेका सुरक्षाकर्मीलाई पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख मनोहर भट्टले बताए । सुन्दरसिंह धामीले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.