सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज माघ २१ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

पञ्चाङ्ग
वि.सं. माघ २१, २०७८ । ई.सं. ४ फेब्रअरी २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ सिल्लाथ्व । राक्षस, उत्तरायण, शिशिर । शुक्रबार माघ शुक्लपक्ष । तिथि– तृतीया, ७ः३५ बजे उप्रान्त चतुर्थी । नक्षत्र– पूर्वभाद्रपदा, १९ः१२ बजे उप्रान्त उत्तरभाद्रपदा । योग– शिव, २२ः३० बजे उप्रान्त सिद्ध । करण– गर ७ः३५ बजेदेखि वणिज, १९ः१७ बजे उप्रान्त वालव । चन्द्रराशि कुम्भ । आनन्दादि योग ध्वांक्ष । दिनमान २७।१६ । सूर्योदय ६ः५१ । सूर्यास्त १७ः४५ । पञ्चक, तलकुन्द चतुर्थी ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरू अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

Sana Kishan

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता र लाभ नै मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । वित्तिय संस्थाबाट सहयोग पनि पाइनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइनेछ । शिक्षामा सफलता मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खानपिनमा सजगता अपनाउनु पर्नेछ । मनमा शङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.