नेपाल राष्ट्र बैंकले देशभरिका बैंक एवं वित्तीय संस्थाहरुसँग ७ लाखभन्दा बढी कारोबार गर्नेहरुको सूची मागेको छ। नियमित प्रक्रियाअन्तर्गत ७ लाखभन्दा माथि कारोबार भएकाहरुको सूची राष्ट्र बैंकले मागेको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।
उनका अनुसार राष्ट्र बैंकले नियमित अनुगमनको क्रममा यस्तो माग भएको हो। ’राष्ट्र बैंकको यो अधिकार हो। नियमित प्रक्रियाअन्तर्गत हामीले ७ लाख बढीको कारोबार भएकाहरुको सूची मागेका हौं,’ पोखरेलले अन्नपूर्णसँग भने।
पछिल्लो समय नेपालबाट भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी र हाइपर फन्डमार्फत् नेपाली पैसा विदेशिएको भन्दै नेपाल राष्ट्र बैंकले निगरानी बढाएको छ। हाइपर फन्डमा नेपालीहरुको ठूलो समूह सक्रिय रहेको भन्दै राष्ट्र बैंकले मिहीन ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।
यसअघि नै राष्ट्र बैंकले त्यस्ता फन्डहरुमा लगानी नगर्न सूचना जारी गरिसकेको छ। कसैले त्यस्तो फन्डमा लगानी गरे कानुनी कारबाही गरिनेसमेत जनाएको छ। प्रहरीले पनि केही दिनअघि अनलाइन बेटिङ खेलाउनेहरुको ठूलो समूहलाई नियन्त्रमा लिएको थियो। ममता थापाले अन्नपूर्ण पोस्टमा लेखेकी छन्।









Discussion about this post