सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण फेरि पानी पर्ने, भोलि र पर्सि देशभर वर्षा हुने अनुमान

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण फेरि पानी पर्ने भएको छ । यो प्रणालीका कारण आज केही ठाउँमा हल्का पानी र भोलि र पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने मौसमविद्ले बताएका छन् ।

मौसमविद् बरुण पौडेलकाअनुसार आज गण्डकी र प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज रातिदेखि भने सुदूरपश्चिम प्रदेश हुँदै पश्चिमी न्यून चापीय प्रणाली भित्रने भएकाले रातिदेखि नै पश्चिमी क्षेत्रको मौसम बद्ली भई पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम हुँदै देशैभर फैलिने भएकाले भोलि सुदूरपश्चिमसहित कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का धेरैजसो ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

Sana Kishan

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपातको सम्भावना छ भने तराई र पहाडी जिल्लामा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् बरुण पौडेलले बताउनुभयो । पर्सि पनि हिमपात र वर्षाको सम्भावना छ । शनिबार भने मौसममा केही सुधार आउन सक्ने मौसमविद्ले बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

मौसम बद्लीसँगै वर्षा र हिमपात हुने भएकाले चिसो अझै बढ्ने छ । अहिले पनि काठमाण्डौै उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो केहीबेर घाम लागे पनि फेरि मौसम बद्ली हुनेछ । भोलि र पर्सि भने देशभरकै मौसम पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.