Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बढी खर्च गर्न सक्ने तहले बढी बजेट पाउँछ : अर्थमन्त्री जनार्दन शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १६, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन तहको सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ, सोही तहको सरकारले बढी बजेट पाउने बताएका छन् । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबैभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गरिने बताए ।

‘सबैभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबैभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु’, उनले भने, ‘यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुनेछौँ ।’

उनले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्ला सरकारले गरेका असल कामको अङ्गिकार गरेर जानुपर्ने बताए । संघीयता बलियो बनाउन असल कामको अङ्गिकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनले बताए । प्रदेश सरकारका मागलाई आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लैजाने उनको भनाइ छ । ‘जे–जति अहिले बजेट प्राप्त भएको छ, त्यसमा नै ध्यान दिएर खर्च गर्न अनुरोध छ’, उनले भने ।

मन्त्री शर्माले समृद्धिका लागि उत्पादन र पुँजी निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । उनले योजनाको दोहोरोपन हुने गरेको भन्दै त्यसलाई नीति निर्माण गरेरै समाधान गर्नुपर्ने बताए । संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन, २०७७ दफा (२२) अन्तर्गत गठित समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सहभागि भए ।

बैठकमा नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययनविनाका योजना, संघ र प्रदेशबीचको अविश्वास, स्रोत साधनमा अधिकारको कमीलगायतका समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकिएको उल्लेख गरे । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै
फ्ल्यास हेडिङ

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

अशोज ११, २०८३
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
फ्ल्यास हेडिङ

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
फ्ल्यास हेडिङ

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

अशोज १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३
आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

अशोज १२, २०८३
मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

अशोज १२, २०८३
सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

अशोज १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व