Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १२, २०८३
सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कतार । सुदूरपश्चिमेली नेपाली समाज कतारको अधिवेशनबाट कैलाली निवासी रबिन्द्र सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा केशव सिंह खत्री, प्रथम उपाध्यक्षमा नन्दबहादुर महातारा, द्वितीय उपाध्यक्षमा दामोदर घिमिरे, तृतीय उपाध्यक्षमा करणबहादुर सिंह र महिला उपाध्यक्षमा पार्वती भट्ट चयन हुनुभएको छ।

त्यस्तै, सचिवमा धनी कोली, कोषाध्यक्षमा राजेन्द्र कार्की, सह–कोषाध्यक्षमा गणेश एस. भाट, सेती संयोजकमा नेत्र साउद, महाकाली संयोजकमा जगदीश बिष्ट र कलाकार संयोजकमा प्रकाश साउद चयन हुनुभएको छ।

कार्यसमिति सदस्यमा पंकजबहादुर कडायत, प्रकाश सिंह ठगुन्ना, भुवन खड्का, मेखराज अवस्थी, दिनेशबहादुर चन्द, पुष्प नेपाली, निर्मला कुमारी साउद, राधा जोशी, रमेश बी.के., करणबहादुर धराला, प्रेमबहादुर खड्का, चन्द्र सिंह ठगुन्ना र रमेश महरा चयन हुनुभएको छ।

नवगठित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि प्रेम चलाउनेले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

समाजका अध्यक्ष गोरख चन्द ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रेम चलाउनेसहित सामाजिक अभियन्ता, पूर्व महासचिव रत्नबहादुर माललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा देशमा भएको प्राकृतिक विपत्ति, बाढीपीडित तथा शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा कलाकार पुष्पा नेपाली र कमल विश्वकर्माले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कलाकार संयोजक प्रकाश साउद, रमेश महरालगायतले सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने देउडा तथा सांगीतिक प्रस्तुति दिएका थिए।

सम्बोधनका क्रममा निवर्तमान अध्यक्ष गोरख चन्द ठकुरीले सन् २०१५ मा सानो समूहबाट सुरु भएको समाजले आज ठूलो सामाजिक संस्थाका रूपमा विकास गरेको बताउनुभयो। उहाँले संस्थाको विकासमा योगदान गर्ने अग्रज, सदस्य तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

प्रमुख अतिथि प्रेम चलाउनेले समाजले स्थापनाकालदेखि कतारमा रहेका सुदूरपश्चिमेली नेपालीहरूको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै सामाजिक सेवाको यात्रालाई थप प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

सन् २०१५ मा स्थापना भएको सुदूरपश्चिमेली नेपाली समाज कतारले कतारमा रहेका सुदूरपश्चिमका नेपालीलाई संगठित गर्दै विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन
फ्ल्यास हेडिङ

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा
खेलकुद

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो
अर्थतन्त्र

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३
आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

अशोज १२, २०८३
मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

अशोज १२, २०८३
सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

अशोज १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व