काठमाडौं — साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस अवधिमा नेप्से ३.१९ अंकले बढेर २६३३.०० विन्दुमा पुगेको छ।
प्रि–ओपन सेसनमा ७२ वटा स्क्रिप्सको २२ हजार ७७१ कित्ता सेयर कारोबार भएको छ। यस क्रममा कुल ५३ लाख १९ हजार ६३१ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएका स्क्रिप्समध्ये २२ वटाको मूल्य बढेको, ३५ वटाको घटेको र १३ वटा स्क्रिप्सको मूल्य स्थिर रहेको छ।










Discussion about this post