

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै निर्वाचन गर्नुपर्ने दबाब दिँदै आए पनि सरकारले निर्वाचनको मिति तोक्न आलटाल गर्दै आएको थियो।
सत्ता गठबन्धनको शनिबार भएको बैठकले जेठ मसान्तभित्रै स्थानीय तहको निर्वाचन गर्ने तयार भएको थियो। सत्तारुढ गठबन्धन निर्वाचन गराउन तयार भएपछि एमाले महासचिव पोखरेलले जनमतको तागतले सरकार निर्वाचन गर्न तयार भएको बताएका हुन्।


’स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले भनेछ– ’जेठ अगावै चुनाव गर्ने’। हो, यसैलाई भनिन्छ जनमतको तागत,’ उनले सामाजिक सञ्जालमा भनेका छन्। अन्नपूर्ण पोस्ट बाट सभार

