साताको चौँथो दिन अर्थात आज (बुधबार) नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । मंगलबार प्रतितोला ५०० रुपैयाँले घटेको सुनको भाउ आज बुधबार पनि तोलामा ४०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन मंगलबार ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार









Discussion about this post