सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार झन्डै ११ अङ्कले घट्यो

हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ८३ अङ्कले घटेर दुई हजार नौ सय २० दशमलव ५१ विन्दुमा झरेको छ ।

आज बीमा, उत्पादन र अन्यबाहेक अरू सबै समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ७३ अङ्कले, फाइनान्स समूहको शेयर ७२ अङ्कले, होटल समूहको ५२, व्यापारको ४६ र बैंकिङ समूहको शेयर साढे १६ अङ्कले घटेको छ ।

Sana Kishan

आज दुई सय ३२ वटा कम्पनीको एक करोड ४७ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ३२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज साम्लिङ पावर कम्पनीको शेयर साढे ६ प्रतिशत र गुर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युत् कम्पनीको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.