सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बालुवाखानीमा च्यापिएर बैतडीमा दुई महिलाको मृत्यु

787
Sana Kishan

बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ । घटना शुक्रबार साँझतिरको भएपनि आजमात्रै बाहिर आएको हो ।

डिलाशैनी गाउँपालिका वडा नं २ पन्त्यौडामा सिँचाई योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव रिकेशबहादुर बोहराले बताए ।

Arus

सिँचाई योजनाका लागि बालुवा निकाल्ने क्रममा माथिबाट खानी धसेर उनीहरु च्यापिएको र घटनास्थलमै मृत्यु भएको उनले बताए ।

Nepali Khaja
Karnali Traders

यो घटनाका बिषयमा प्रहरीलाई भने जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

एकै गाउँका दुई महिलाको मृत्यु भएपछि अहिले गाउँनै शोकमग्न भएको स्थानीयहरुले बताएका छन् । पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन समेत स्थानीयहरुले सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

31  +    =  36