बशन्त साधकको नयाँ गीत सुदुरप्रतीची नमन सार्वजनिक भएको छ ।
जयानंद जोशी परमहंसको शब्द शिर्जनामा रहेको उक्त गीत सुदुर पश्चिमको कला संस्कृतिको जगेर्नामा लागेका युवा प्रकाश कलौनीको युट्युब च्यानल सुदुर खबर वान मार्फत बजारमा आएको हो । उक्त गीतमा संगीत संयोजन वरिष्ठ संगीतकार किशोर भण्डारीले गरेका छन्।

गीतमा गायक बशन्त साधकले स्वर भरेका छन्। भने वरिष्ठ संगीतकार किशोर भण्डारीको निर्देशनमा रहेको उक्त गितको छायांकन भने गायिका कृष्णा सिराडीले गरेकी छन । उक्त गीतलाई अलिशा डिजिटल मार्फत निर्माण गरिएको छ ।









Discussion about this post