Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खोपको कुनै अभाव छैन, अझै ४ करोड डोज मौज्दात छ : स्वास्थ्य मन्त्री विरोध खतिवडा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ ३, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज कोरोनाको खोप मौज्दात रहेको जानकारी दिनुभएको छ । पछिल्लो तथ्याङ्क अनुसार समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशतले खोप लगाएका छन् । खोपको दुई डोज लगाउने नागरिक ६० प्रतिशत छन् ।

सरकारले खोप अभाव नरहेको बताए पनि नागरिक भने खोपको पहुँचभन्दा बाहिर छन् । अझै पनि ४० प्रतिशत नागरिक खोपबाट बञ्चित छन् । छुटेकालाई खोप दिने तथा बढी भिडभाड हुने क्षेत्रमा नियमित खोप सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मोरङमा आज बिहान भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको नीति रहेको बताउनुभयो । स्वास्थ्य मन्त्री खतिवडाले खोप पर्याप्त मौज्दात रहेकाले कुनै पनि समस्या नरहेको र छुटेकाहरुलाई लगाउन आग्रह गर्नुभयो ।

छुटेकाहरुका लागि नियमित खोप कार्यक्रमसँगै बुस्टर डोज खोपको अभियान यसैहप्तादेखि सुरु भएको छ । काठमाण्डौका १७ ठाउँबाट आजदेखि अग्रपंक्तिमा खटिनेलाई खोपको बुस्टर मात्रा दिन थालिएको छ ।

स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख शम्भु काफ्लेका अनुसार आठवटा सरकारी र नौ वटा निजी गरी १७ अस्पतालबाट बुस्टर डोज खोप दिन थालिएको हो । बुस्टर मात्रा लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ ।

आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिकालाई बुस्टर मात्रा दिने सरकारको तयारी छ । पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि त्यहि खोप लगाउनुपर्छ । सरकारले ओमिक्रोन भाइरसको रोकथाम, उपचार एवं नियन्त्रण गर्न आवश्यक तयारी गरिसकेको भन्दै मन्त्री खतिवडाले होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व