सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माधव नेपालद्वारा मकर संक्रान्ति तथा माघीको शुभकामना

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मकर संक्रान्ति तथा माघीको शुभकामना दिएका छन्। अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै मकर संक्रान्ति तथा माघीको शुभकामना दिएका हुन्।

’थारु समुदायको महान् चाड माघी तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने मकर संक्रान्ति २०७८ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना दिंदै उनले भने, ’बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व छन्।’

Sana Kishan

चाडपर्वहरुले आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपालले उल्लेख गरे। मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा संबर्द्धन गर्नु सबैको दायित्व भएको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

कोरोना संक्रमणको जोखिम उच्च रहेकोले स्वास्थ्य सतर्कता अपनाउन पनि उनले आग्रह गर्दै उनले भने, ’विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको ’मकर संक्रान्ति तथा माघी पर्व, २०७८’ ले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।’ अन्नपूर्ण पोस्ट बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.