सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा माघे सङ्क्रान्ति पर्वका अवसरमा शुभकामना सन्देश

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिएका छन । शुभकामना शन्देश मार्फत उनले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैँमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताएका हुन् ।

विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सक्रान्ति) पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराई सास्कृतिक एकतको माला बन्ने बताएका छन् ।

Sana Kishan

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशबासीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै भट्टले कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र रहेको यसबेला स्वास्थ्यका मापदण्ड पालना गरी पर्व मनाउन आग्रहसमेत गरेका छन् । गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.