सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकार स्थानीय चुनाव पन्छाउन खोज्दैछ : प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले स्थानीय तहको निर्वाचनको विषयमा निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले काम नगरेको बताएका हुन् ।

Sana Kishan

‘निर्वाचन आयोगको प्रष्ट भनाइ छ, न म्याद थप गर्न सकिन्छ, न स्थानीय तहहरुले प्रयोग गर्दै आएको अधिकार अरु कसैलाई हस्तान्तरण गर्न सकिन्छ । त्यसो भएको हुनाले चुनावको विकल्प छैन,’ उनले भने, सामान्यतया निर्वाचन आयोगलाई १२० दिन चाहिन्छ चुनावको तयारीका लागि, अहिलेसम्म सरकारले निर्वाचन आयोगको सिफारिस अनुसार कुनै निर्णय गरेको छैन । के सरकार स्थानीय तहको चुनावलाई पन्छाउन खोजेको हो ? फेरी ण्५९ साल फर्काउन खोजेको हो कि गम्भीर आशंकाहरु पैदा भएका छन् ।’

World Link Ads
Mahakali Polytechnic

उपमहासचिव ज्ञवालीले सरकारले ललिता निवासको सरकारी जग्गा कीर्ते प्रकरणका दोषीहरुलाई उम्काउने प्रपञ्च गरेको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीहरुलाई ढाकछोप गर्न खोजेको उनको भनाइ छ । अनलाइनखबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.