सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दक्षिण अफ्रिका–भारत टेस्ट : लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिकालाई सिरिज

भारत र दक्षिण अफ्रिकाबिचको तीन खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको छ।​

केपटाउनमा भएको तेस्रो तथा अन्तिम टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो। पहिलो टेस्ट जितेको भारत त्यसपछिका लगातार दुई टेस्ट गुमाउन पुग्यो।

केपटाउन टेस्टमा पहिलो इनिङमा भारतले २ सय २३ रन बनाउँदा जवाफमा दक्षिण अफ्रिकाले २१० रन बनाएको थियो।

World Link Ads
Mahakali Polytechnic

दोस्रो इनिङमा भारतले १९८ रन बनाउन सकेको थियो। समग्रमा दक्षिण अफ्रिकाले २१२ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य ३ विकेट गुमाएर दक्षिण अफ्रिकाले सहज रूपमा पूरा गर्न सफल भयो।

Dirghayu Ads
Sana Kishan

भारतीय टोली दक्षिण अफ्रिकामा पछिल्लो २९ वर्षयता जितविहीन रहेको छ। पछिल्लोपटक सन् १९९२ मा सिरिज जितेयता भारत दक्षिण अफ्रिकी भूमिमा कमजोर सावित हुँदै आएको छ।​

भारतविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाका युवा खेलाडी किगन पिटर्सनको इनिङ स्मरणीय रह्यो। केपटाउनमा भएको अन्तिम टेस्टमा उनले दुबै इनिङमा राम्रो प्रदर्शन गरे।

पहिलो इनिङमा ७२ रन बनाएका उनले दोस्रो इनिङमा पनि ८२ रनको इनिङ खेले। सिरिजको कुल ६ इनिङमा उनले ४६ को औसतमा २७६ रन बनाए। जहाँ उनले तीन अर्धशतक प्रहार गरे। उनी सिरिजका टप स्कोरर समेत बने। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.