सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मझगाँउ विमानस्थल पुनःसञ्चालनका लागि शिलान्यास

प्रकाश भट्ट

मझगाउँ विमानस्थल २२ बर्ष पछी पुनःसञ्चालनका लागि शिलान्यास भएको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १६ मा रहेको उक्त विमानस्थलको शिलान्यास बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गरेका हुन।

बि.स २०२३÷०२४ सालमा स्थापना भई नियमित उडाँन भर्दै आएको मझगाउँ विमास्थल शसस्त्र द्धन्द्धका समयमा असुरक्षाका कारण २०५६ सालबाट सञ्चालनमा आउन सकेको थिएन। विमानस्थलको २२ वर्षपछि पुनःसञ्चालनका लागि शिलान्यास गरिएको मझगाउ विमानस्थल पुनः संचालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताएका छन् ।

World Link Ads
Mahakali Polytechnic

Sana Kishan

विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने तथा नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि ४५ करोड ६६ लाख २४ हजार ७ सय १५रुपैँया बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको संचालन समितिका सचिव चन्दले सुदुरपश्चिम खबरलाई जानकारी दिए ।

निर्माणका लागि कान्छा राम-के एस-उमा एन्ड कम्पनी जे.भी ले ठेक्का पाएको छ। मझगाउँ विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहेको छ । उक्त कार्यक्रममा बोल्दै मन्त्री आलले मझगाँउ विमानस्थलमा छिट्टै विमान सञ्चालन हुने बताए । मन्त्री आलले निमार्णका लागि सबैलाइ सहयोग गर्न समेत आग्रह गरेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.