सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना

79
Sana Kishan

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागहरूमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Arus
Karnali Traders

बिहीबार देशभर आंशिक बदली रहने छ। अपरान्ह पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार देशभर आंशिक बदली रहने छ। अपरान्ह पछाडी प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा फाटफुट÷हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बिहानको समयमा देशका पश्चिमी तराई भू–भागमा हुस्सु÷कुहिरो र मध्यान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। अन्नपूर्ण पोस्ट बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.