सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले पार्टीलाई समस्या पर्दा पातलले साथ दिनुभयो, अब उहाँकै नेतृत्व : बेदकोटका मेयर चन्द

महेन्द्रनगर । कञ्चनपुरका युवा नेता तथा बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले नेकपा एमाले कञ्चनपुरको ८ औं राष्ट्रिय महाधिवेशनमा जिल्ला कमिटी सचिवमा उम्मेदवारी दिएका छन् । २०४६ सालदेखि राजनीतिमा लागेका चन्द मिलनसार र विकासवादी मेयरका रुपमा चिनिन्छन् ।

उनी विद्यार्थी जीवनमै राजनीतिमा लागेका हुन् । २०५६ सालदेखि एमाले युवा संगठन युवा संघ नेपालमा आवद्ध भए । युवा संघको दुई कार्यकाल सचिव र जिल्ला अध्यक्ष भएर संगठन निर्माणमा जुटेका चन्द युथ फोर्सको नेतृत्व गर्दै युवा संघ नेपालको केन्द्रिय सचिवसमेत भए ।

२०६६ सालदेखि पार्टीको सचिवालय सदस्य भएर काम गरेका चन्द ०७५ सालमा पार्टीको सुदूरपश्चिम प्रदेश सदस्य भए । बेदकोटका नगर प्रमुख (मेयर) चन्द नेपाल नगरपालिका संघको केन्द्रीय समितिको सचिवालय सदस्य, अन्तर सरकारी बित्त परिषद्को सदस्य पदमा रहेर काम गरिरहेका छन् । उनले कञ्चनपुरमा विवादरहीत मेयरको परिचय बनाएका छन् ।

World Link Ads
Mahakali Polytechnic

के भन्छन् अशोक चन्द ?

म पनि अध्यक्षको दाबेदार थिए । सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने हो भने बीरबहादुर थापा (पातल) अध्यक्ष हुनुपर्छ भन्दै आएका थियौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि थापा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

Sana Kishan

पार्टी बिभाजन हुँदा पनि उहाँ एमालेकै पक्षमा रहेर पार्टी निर्माणमा लग्नु भयो । पार्टीलाई समस्या पर्दा उहाँले नै साथ दिए । अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई मौका दिइन्छ, जिम्मेवारी दिइन्छ भन्ने विश्वास तथा सन्देश प्रदान गर्नका लागि सर्वसम्मत रुपमा थापालाई अध्यक्ष बनाउनु पर्छ भनेका हामी थियौ ।

त्यो सम्भव नभएपछि मैले बीरबहादुर थापालाई सर्मथन गर्दै उहाँकै नेतृत्वमा रहेको टीमबाट सचिव पदमा उम्मेदवारी दिएको हुँ । संगठनलाई गतिशिल बनाउने तथा बलियो बनाउने हाम्रो टीमको लक्ष्य छ । त्यसैका लागि हामीहरुको उम्मेदवारी हो ।

हामी निर्वाचित भएपछि गुरु योजना बनाएर पार्टी निर्माणमा लग्छौं । एमाले पार्टीलाई बहुमत दिलाउनका लागि नयाँ कार्यक्रम लिएर जनतासँग जान्छौं । सुदूरपश्चिम विश्वविद्यालय, नगर विकासलगायतमा देखिएका बिकृतिहरुका बिरुद्ध पार्टीले खबरदारी गर्छ ।

जनवर्गीय संगठनलाई बलियो बनाउँछौं । कार्यकर्तामा अध्ययन र प्रशिक्षणको कमि छ । उहाँलाई पनि प्रशिक्षण दिदै सक्षम बनाउनेतर्फ हाम्रो लाग्छौं । समग्र रुपमा पार्टीलाई बलियो बनाउनका लागि हामीले उम्मेदवारी दिएका हौं । सीमारेखा बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.