सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

२२ बर्ष बन्द रहेको मझ्गाँउ विमानस्थल पुनः सञ्चालनमा आउने

प्रकाश भट्ट

154
Sana Kishan

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १६ मा रहेको मझगाउँ विमास्थल २२ बर्ष पछी पुनः सञ्चालनमा आउने भएको छ।

सोमवार मझगाउँ कटेजको सभाहलमा पत्रकार सम्मेलन आयोजना गर्दै मझगाउँ विमानस्थल पुनः संचालन हुन लागेको समितिका अध्यक्ष रमेश चन्दले बताएका छन्।

Arus

Nepali Khaja

बि.स २०२३÷०२४ सालमा स्थापना भई नियमित उडाँन भर्दै आएको मझगाउँ विमास्थल शसस्त्र द्धन्द्धका समयमा असुरक्षाका कारण देखाउदै सरकारले २०५६ सालबाट उडान बन्द गरेको थियो ।

विमानस्थल पुनः सञ्चालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समिति गठन भएदेखि गरेका कार्य प्रगति विवरण पेश गरिएको थियो । विमानस्थल पुनः सञ्चालन समितिले विमानस्थल संचालनका लागि विभिन्न बाधा अवरोध सहेर पनि विमानस्थल संचालनको मुलआधारमा पुगेको अभियान्ता राजेन्द्र बहादुर चन्दले बताएका छन् ।

Karnali Traders

विमानस्थलको कुल बजेट ४५ करोड ६६ लाख २४ हजार ७ सय १५ रहेको तथा पुष २८ गते विमानस्थलको पुनः निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम तय भएको समेत अभियान्ता चन्दले बताए । विमानस्थलका लागि पुष ११ गतेको नेपाल नागरिक उड्यन प्राविधिकरणको बैठकले बजेट बिनियोजन गरेको थियो ।

पुष २८ गते शिलान्यास हुने विमास्थलको ठेक्का सम्झौता निर्माणका लागि के एस–कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको छ। अब बन्ने विमास्थलको लम्बाई १ हजार ६ सय ६२ मिटरको रहने र उक्त विमानस्थल ६६ विगाह जमिनमा रहने अभियान्ता चन्दले बताए ।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.