Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर जिल्लाका बेलौरी, कृष्णपुर, वेदकोट र दोधारा चाँदनीसँग राष्ट्रिय भूमि आयोगको सम्झौता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०७८
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, २५ पुस । राष्ट्रिय भूमि आयोगले कञ्चनपुरका बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिका गरी ४ वटा स्थानी तहहरूसँग भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्ने प्रयोजनका लागि सम्झौता गरेको छ । राष्ट्रिय भूमि आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबिच कार्य सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा कञ्चनपुरका ४ वटा पालिकाहरू सहित देशभरका जम्मा ९० वटा स्थानीय तहहरूसँग पहिलो चरणमा सम्झौता गरिएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरी, कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमाल र प्रमुख प्रशासकीय अधिकृत शिव सिंह भण्डारी, वेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट र वडा नम्बर ९ का वडाध्यक्ष रामसिंह धामी तथा दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रको समुपस्थितिमा सम्बन्धित पालिकाहरूसँग राष्ट्रिय भूमि आयोगले सम्झौता गरेको हो । राष्ट्रिय भूमि आयोगको तर्फबाट अध्यक्ष केशव निरौला र सदस्य सचिव अमिर प्रसाद न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

त्यस्तै, आयोगले आइतबार सूचना प्रकाशित गरी माघ १८ गतेदेखि ३५ दिन भित्र लगत निवेदन दिन अनुरोध गरेको छ । आयोगसँग सम्झौता भएका स्थानीय तहहरू भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले सम्बन्धित वडामा तोकिएका लगत सङ्कलकहरू मार्फत फारम बुझाउनु पर्ने छ । यद्यपि यसअघि निवेदन दिइसकेका लाभग्राहीहरूलाई भने निस्सा लिन र जग्गा नाप जाँच गराउन आयोगले आग्रह गरेको छ । यो सँगै यसअघि देवी प्रसाद ज्ञवालीको अध्यक्षतामा रहेको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज नहुँदासम्म सम्बन्धित स्थानीय तहहरूले गरेका कार्य विवरणहरूलाई पनि आयोगले मान्यता दिने भएको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू लाई जग्गा धनी पुर्जा वितरण गर्न गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगलाई सरकार परिवर्तनसँगै प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले साउन १९ गते खारेज गरेको थियो । त्यसपछि भदौ २९ गते मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय भूमि आयोग गठन गरी अध्यक्षमा केशव निरौलालाई नियुक्त गरिएको थियो । निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले केही स्थानीय तहहरूसँग पुनः सम्झौता गरी भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्न काम अगाडी बढाएको छ । अन्य सम्बन्धित स्थानीय तहहरूसँग दोस्रो चरणमा सम्झौता गरिने आयोगले जनाएको छ ।

 

यसअघिको कार्य उपलब्धिमा कृष्णपुर नगरपालिका अग्रस्थानमा ।।

यसअघि देवी प्रसाद ज्ञवालीको अध्यक्षतामा रहेको भूमि सम्बन्धी समस्या समाधान आयोगले सम्झौता गरेका स्थानीय तहहरू मध्ये कार्य उपलब्धिमा कञ्चनपुरको कृष्णपुर नगरपालिका अग्रस्थानमा रहेको थियो । आयोगसँग सम्झौता गरेपछि कृष्णपुर नगरपालिकाले ९ वटै वडाहरूबाट निक्कै सक्रियताका साथ कार्य गरिरहेको थियो । कुल ५७ भूमिहीन दलित, १ सय ३६ भूमिहीन सुकुम्बासी र १४ हजार ९ सय ५५ अव्यवस्थित बसोबासी गरी जम्मा १५ हजार १ सय ८४ परिवारको लगत सङ्कलन गरी सफ्टवेयरमा प्रविष्टि गरिसकेको थियो । कञ्चनपुर जिल्लामा कमला बोहराको अध्यक्षतामा रहेको आयोगको सम्पर्क कार्यालयसँग समेत निरन्तर समन्वय र सहकार्य गरी अन्य स्थानीय तहहरू भन्दा पहिले जग्गा नाप जाँचको कार्यसमेत गरिएको थियो । यद्यपि उक्त आयोग नै खारेज गरिसकेपछि काम अगाडि बढ्न सकेको थिएन ।

यस्तो छ नगरपालिका र आयोगबिचको हालै भएको लिखित सहमति पत्र :

(हरिश्चन्द्र बागले नेपालबोध डटकममा लेखेका छन्।)

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व