Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

देशलाई सार्थक गन्तव्यमा पुर्याउन जनताले हस्तक्षेप गर्नुपर्छ : महामन्त्री विश्वप्रकाश शर्मा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २५, २०७८
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सार्थक गन्तव्यमा पुर्याउन नेपाली जनताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस फालेलुङ गाँउपालिकाले पाँचथरको थोक्लिम्बामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै शर्माले राजनीतिक दललाई निर्वाचनमा जिताउने र हाराउने पक्षमा मात्र नभएर देशलाई निकास दिनका लागि जनताको अभिमत जाहेर हुनुपर्ने बताएका हुन् । ‘विगतमा हराउने र जिताउनेमा मात्र हाम्रो भूमिका रहेको छ,’ शर्माले भने ‘अब त्यतिले मात्र पुग्दैन । देशलाई निकास दिनका लागि भूमिका खेल्नुपर्छ ।’ देशलाई निकास दिन काँग्रेस मात्र सक्षम भएको शर्माको दाबी थियो ।

मुलुकलाई निकास दिन भन्दै जनताले कम्युनिष्टलाई दुईतिहाई मत दिए तर जनताको अभिमतलाई लत्याएर कम्युष्टहरु अघि बढेको शर्माको आरोप थियो । नेपाली काँग्रेसलाई लगातार तीन ओटा निर्वाचन जिताए देशको काँचुली फेरीने उनको दाबी थियो ।

‘देश र जनताले अहिले काँग्रेसलाई खोजिरहेका छन्,’ शर्माले भने ‘लगातार तीन पटक काँग्रेसलाई जिताएको खण्डमा समृद्ध देश बन्न सक्छ ।’ सभालाई सम्बोधन गर्दै शर्माले नेकपा माओवादीले गलत समयमा गलतढंगले बन्दुक उठाएको आरोप लगाए । माओवादीको बन्दुककै कारण देश विकासको गतिमा पछि परेको शर्माको ठहर थियो । ‘नेपाली युवाको हातमा माओवादीले बन्दुक थमाएपछि बाध्य भएर काँग्रेसले पासपोर्ट थमाएको हो,’ उनले भने ‘बन्दुक बोकेका युवाहरुको जीवन अहिले लथालिंग छ तर, पासपोर्ट बोकेर बिदेशिएको युवकले उद्यम गरेको छ ।’

काँग्रेसको नीतिका कारण अहिले ग्रामिण क्षेत्रसम्म स्वास्थ्य सेवा पुगेको शर्माको तर्क छ । काँग्रेसकै कारण गाँउगाँउमा स्वास्थ्यचौकी पुगेको उनले दावी गरे । सरकारको मूल्यांकन सडक, पानी र बिजुली जस्ता भौतिक विकासलाई हेरेर मात्र गर्नु नहुने शर्माले बताए । ‘सरकारको मूल्यांकलन हरेक नागरिकको जीवनसँग पनि जोडेर हेर्नुपर्छ,’ उनले भने ‘कोरोना महामारीको बेला यो सरकारले हरेक नागरिकको जीवन बचाउन खोप अभियान चलाएको छ ।’ नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार चलाएको पालामा हजारौँ नागरिकले महामारीबाट ज्यान गुमाएको उनको भनाई थियो ।

काँग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले सभालाई सम्बोधन गर्दै कम्युष्टिका अन्तिम प्रधानमन्त्री केपी ओली भएको ठोकुवा गरे । ‘कम्युनिष्टहरुको बदमासिबाट जनताहरु वाक्क भईसकेका छन्,’ उनले भने ‘अब कुनै पनि कम्युनिष्टका नेताहरुले प्रधानमन्त्री हुने हैसियत राख्दैनन् ।’ काँग्रेस जिम्मेवार पाटी भएकाले जिम्मेवार ढंगले अघि बढेको उनको भनाई थियो । कम्युनिष्टहरुलाई बहर गोरुको संकेत गर्दै उनले भने ‘काँग्रेसले अहिले बहरहरुलाई दाउने काम गरिरहेको छ ।’

काँग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङले मुलुकलाई निकास दिन काँग्रेस नभई नहुने बताए । सभालाई पाँचथर सभापती रुपनारायण जबेगु, फालेलुङ गाँउपालिका अध्यक्ष सञ्चकुमार केरुङ, उपाध्यक्ष हीमा अधिकारी लगायतले सम्बोधन गरेका थिए । फालेलुङ सभापति बिरबिक्र थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अन्य दलका चार दर्जन कार्यकर्ताले पार्टी प्रवेश गरेका थिए । भिमकुमार बाँस्कोटाले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह

अशोज ९, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन
फ्ल्यास हेडिङ

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन
फ्ल्यास हेडिङ

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

अशोज ९, २०८३
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व