सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा टि–१० क्रिकेट प्रतियोगिता शुरु, एनआरवाईसीको बिजयी शुरुवात

बैतडीको दशरथचन्द नगरपालिका ११ मा टि–१० क्रिकेट प्रतियोगिता शुरु भएको छ । नागारर्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाईसी)बैतडीको आयोजनामा टि–१० क्रिकेट प्रतियोगिता शुरु भएको हो । आज देखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

आज भएको पहिलो उद्घाटन खेलमा आयोजक एनआरवाईसी ग्वाल्लेक युथ पावरका बिरुद्ध बिजयी शुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको एनआरवाईसीले निर्धारीत १० ओभरको समाप्तीमा ९९ रन बनाएको हो । एनआरवाईसीका लागि राम चन्दले सर्बाधिक ४६ रन बनाएका हुन् । ग्वाल्लेक युथ पावरका केशव जोशीले ३ बिकेट हात पारे । १०० रनको बिजयी लक्ष पच्छ्याएको ब्वाल्लेकले १० ओभरमा ६ बिकेटको क्षेतीमा ८० रन मात्रै बनाउन सक्यो ।

Sana Kishan

प्रतियोगिताको प्रथम पुरस्कार, २० हजार नगत, ट्रफी र मेडल प्रदान गरिने छ । द्वितिय हुने टिमदलाई नगत १० हजार, ट्रफी र मेडल प्रदान गरिने एनआरवाईसीका पुर्व अध्यक्ष श्याम चन्दले जानकारी दिनुभयो । अन्य बिविध बिधामा समेत पुरस्कार प्रदान गरिने उहाले बताउनुभयो । ग्वाल्लेक निर्माण सेवाका सञ्चालक शुरेस चन्दको बिषेश शहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

एनआरवाईसीका उपाध्यक्ष महेश चन्दको अध्यक्षतामा उद्घाटन समारोहका प्रमुख अतिथि नेपाली कांग्रेसका महादिवेशन प्रतिनिधि कौशीला चन्द रहनु भएको थियो । कृष्ण बिष्टले रेडियो सेभेन स्टारमा लेखेका छन्।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.