Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

तपाईं जस्तो खानेकुरा खानुहुन्छ, त्यस्तै बन्नुहुन्छ !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष २४, शनिबार १७:२१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईंले कस्तो किसिमको खाना खानुपर्छ भन्ने कुरा, भोजनबारे तपाईंको सोचाइ कस्तो छ अनि तपाईंका मूल्य र मान्यताहरूमा के–कस्ता छन् भन्ने विषयमा निर्भर रहनुहुँदैन— बरु, शरीरले के चाहन्छ भन्ने कुरामा निहित रहनुपर्छकिनकि, भोजन शरीरसँग सम्बन्धित हुन्छ । जब के खाने र के नखाने भन्ने कुरा आउँछ, तब आफ्नो डाक्टर वा पोषणविद्लाई नसोध्नुहोस्, किनकि उनीहरू हरेक ५ वर्षमा आफ्ना धारणाहरू फेरिरहेका हुन्छन् । जब खानाको कुरा आउँछ, तब कस्तो प्रकारको खानेकुरा खाँदा यो प्रसन्न महसुस गर्छ भनेर आफ्नै शरीरलाई सोध्नुहोस् । फरक–फरक खानेकुराहरू खानुहोस् अनि खाना खाइसकेपछि शरीरले कस्तो महसुस गर्दछ भन्ने कुरामा ध्यान दिनुहोस् । यदि तपाईंको शरीर एकदमै फूर्तिलो, ऊर्जावान् र आनन्दित महसुस गरÞ्यो भने, शरीर प्रसन्न रहेको छ भनेर बुझ्न सकिन्छ । यदि शरीर सुस्त र अल्छी महसुस गर्दछ अनि जागा अवस्थामा रहनको लागि निरन्तर कफी, चिया, चुरोट लिइरहनु पर्ने भएको छ भने, शरीर प्रसन्न अवस्थामा छैन भनेर बुझ्न सकिन्छ, होइन र ?

यदि तपाईंले आफ्नो शरीरलाई सुन्नुभयो भने, तपाईंको शरीर कस्तो प्रकारको खानाबाट प्रसन्न रहन्छ भनेर यसले प्रष्टै बताउनेछ । तर अहिले, तपाईं आफ्नो मनको कुरा सुनिरहनु भएको छ । तपाईंको मनले जतिबेला पनि तपाईंलाई ढाँट्दछ । तपाईं आफैँ हेर्नुहोस्, के यसले तपाईंलाई ढाँटिरहेको छैन र ? आज यसले तपाईंलाई यही कुरा ठीक हो भन्छ । अनि, भोलि फेरि यसले तपाईंलाई हिजो कस्तो कुरामा विश्वास गरिएछ भनेर मुर्ख जस्तो महसुस गराउँछ । त्यसैले, मनको पछि नलाग्नुहोस् । तपाईंले आफ्नो शरीरलाई मात्र सुन्न सिक्नुपर्छ ।

अरू सबै जनावर, सबै प्राणीहरूलाई के खाने र के नखाने भनेर थाहा हुन्छ । मनुष्यलाई यस संसारको सबैभन्दा बुद्धिमानी मानिन्छ, तर उनीहरूलाई के खानुपर्छ भनेर नै थाहा छैन । कसरी रहने भन्ने त परैको कुरा, मानिसहरूलाई के खानुपर्छ भन्नेसम्म पनि थाहा छैन ! त्यसैले, आफ्नो शरीरलाई सुन्नको लागि तपाईंमा निश्चित ध्यान र समझदारी हुनुपर्छ । जब तपाईंमा त्यो रहन्छ, त्यसबेला तपाईंलाई के खाने र के नखाने भनेर थाहा हुन्छ ।

तपाईंभित्र जाने खानाको गुणको सन्दर्भमा हेर्ने हो भने, निश्चय पनि तपाईंको प्रणालीको लागि मांसाहारी खानाको तुलनामा शाकाहारी खाना निकै बढी उत्तम हो । हामीले यसलाई नैतिकताको दृष्टिकोणबाट हेरिरहेका छैनौँ । हामीले यो शारीरिक प्रणालीको लागि के उपयुक्त छ भनेर मात्र हेरिरहेका छौँ— हामी त्यस्तो खानेकुरा खान चाहन्छौँ, जसले हाम्रो शरीरलाई आरामपूर्ण स्थितिमा राख्छ । चाहे तपाईं आफ्नो व्यापार–व्यवसाय राम्ररी चलाउन चाहनुहोस् वा राम्रो अध्ययन गर्न चाहनुहोस् वा अरू जुनसुकै काम राम्रो ढङ्गले गर्न चाहनुहोस्, तपाईंको शरीर आरामपूर्ण स्थितिमा रहनु एकदमै अपरिहार्य हुन्छ । त्यसैकारण, हामीले त्यस्तो खानेकुरा खानुपर्छ, जसबाट यो शरीर सहज एवं आरामपूर्ण स्थितिमा रहन सकोस् अनि त्यो भोजनबाट पोषण लिनको लागि संघर्ष गर्नु नपरोस् ।

कसरी शाकाहारी बन्ने ?

तपाईं प्रयोग गरेर हेर्न सक्नुहुन्छः शाकाहारी भोजनलाई नपकाएको स्थितिमा खानुहोस् अनि त्यसले शरीरमा कस्तो फरक पार्छ भनेर हेर्नुहोस् । यसको पछाडि रहेको सोच के हो भने, हामी सम्भव भएसम्म खानालाई जीवित रूपमा खान चाहन्छौँ— जे–जति सम्भव हुन्छ, हामी तिनलाई ताजा रूपमै खान चाहन्छौँ । जीवनलाई कायम राख्नको लागि जीवित कोषिकामा सबैथोक रहेको हुन्छ । यदि तपाईंले जीवित कोषिका उपभोग गर्नुभयो भने, तपाईंको प्रणालीको स्वास्थ अहिले सम्मको भन्दा निकै फरक हुनेछ । जब हामी खानेकुरा पकाउँछौँ, तब त्यसको जीवन नष्ट हुन्छ । खानेकुरालाई नष्ट गरिसकेपछि खाँदाखेरी, त्यही मात्रामा जीवन ऊर्जा प्राप्त हुँदैन । तर, यदि तपाईंले खानेकुरालाई काँचै अवस्थामा खानुभयो भने, यसले तपाईंमा छुट्टै स्तरको जीवन्तता ल्याउँछ । यदि तपाईंले प्रशस्त मात्रामा टुसाएका गेडागुडीहरू, फलफूल र अरू सागसब्जीहरूलाई जीवित रूपमा खानुभयो भने— आफ्नो आहारमा कम्तीमा पनि ३०–४० प्रतिशत काँचो खानेकुरा समावेश गर्न सक्नुभयो भने— तपाईंले यो स्पष्ट महसुस गर्न सक्नुहुन्छ कि यसले तपाईंभित्रको जीवनलाई पनि एकदमै राम्रोसँग राख्नेछ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तपाईं जुन खानेकुरा खानुहुन्छ, त्यो आफैँमा जीवन हो । हाम्रो जीवनलाई थामेर राख्नको लागि अरू जीवनहरूले आफैँलाई बलिदान गरिरहेका छन् । यदि हामीले आफूलाई जीवित राख्नको लागि आफ्नै जीवन त्यागिरहेका ती सम्पूर्ण जीवनहरूप्रति अत्यन्तै कृतज्ञताको भावले भोजन ग्रहण गरÞ्यौँ भने, त्यही भोजनले तपाईंभित्र एकदमै छुट्टै तरिकाले व्यवहार गर्नेछ !
नयाँ पुस्ता बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै
मुख्य समाचार

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २४, शनिबार १७:२१
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
मुख्य समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २४, शनिबार १७:२१
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७८ पुष २४, शनिबार १७:२१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ पुष २४, शनिबार १७:२१
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ पुष २४, शनिबार १७:२१
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ पुष २४, शनिबार १७:२१
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ पुष २४, शनिबार १७:२१
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष २४, शनिबार १७:२१
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष २४, शनिबार १७:२१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व