
✍️ रमेश पन्त मीतबन्धु
रवि ढल्याे बतास चल्यो, रूखै ढाल्ला जस्तो
चिसाेयामकाे तातो बतास, अागाे बाल्ला जस्तो
लाग्न थाल्यो अब बतास , पक्कै छापामार हाे
कस्काे बतास फुस्कने हाे थाहा पाउनै गाह्राे
उत्तर दक्षिण कुन्नि कता, पूर्व पश्चिमबाट
अाँधिसरि चल्याे बतास, सर्र फाँटैफाँट
´बतास`ले उडाइ लैग्याे, यति अाेम्नि सारा
धुलाे उड्याे नारायणहिटी, नुवाइ धुवाइ रारा

उहिले बेच्याे महाकाली , अहिले सेती ठेका
अव्बल ठिटाठिटी भन्छन्, प्रमाण काँ छ देखा
हेर्नेलाई नै लाज लाग्छ, नाङ्गाहरु हिड्दा
थाकिसके जनता रुदैँ, छाती पिट्दा पिट्दा

खाए गाडी खाए जहाज, कारखाना खाए
खानु खाए नखानु नि, साेह्रै अाना खाए
उस्तै कुरा समाचारमा, वासी हाेस् या ताजा
जग्गा जमीन दरबार, भए यिनका खाजा
बचाउनु छ कसैलाई , प्रियसीको लाज
हेर्दाहेर्दै दिउँसै घिच्याे, नेपालकाे ताज
नारायणहिटी बतास् चल्याे, सुरूङ भित्रै पुग्याे
बतासले गर्दा उसलाई, दुख्नसम्म दुख्याे
श्लेशमान्तक वनकाे बाटाे, पशुपतिमा सर्र
बतास चल्याे कस्तो भ्रष्ट, राताे झण्डा फर्र
बतास यति अाेम्नी चल्याे, `सिअाेटु´ फालेर
कस्काे खल्ती छिर्याे कुन्नि, पँलेटी मारेर
बतास भित्रैसम्म पस्यो, `बिण्नाे´ हाेस कि `पाराे´
बतास बिना मानिसको, जीवन धान्नै गाह्रो
के भयाे खै देशलाई कुन्नि ! राकस भए राजा
जनता उठे बज्ने थियाे, यिनको बैण्ड बाजा
२०७८/०९/२३
