सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनताले एमाले नेतृत्व सरकारको प्रतीक्षा गरिरहेका छन् : अध्यक्ष केपी शर्मा ओली

210
Sana Kishan

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतीक्षा गरिरहेको भन्दै त्यहीअनुसार चुनावको तयारीमा जुट्न पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज शुक्रवार भर्चुअल माध्यमबाट एकसाथ ६३ वटा जिल्लाको अधिवेशन उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतीक्षा गरिरहेका छन् ।’

अध्यक्ष ओलीले आउँदो चुनाव आफ्नो पार्टी एक्लै सत्तारुढ गठबन्धनको सामना गर्न सक्षम रहेको दाबी गर्नुभएको छ । उहाँले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको बताउँदै यो सरकारलाई मतदानको माध्यमबाट हटाउन आमनागरिकलाई अपिल पनि गर्नुभयो । उहाँले संसदबाट नभइ अन्यत्रैबाट बनेको सरकारलाई झन्डै तीन करोड नेपाली नागरिकले आउँदो चुनावमा मतपत्रको माध्यमबाट अन्त्य गर्नुपर्ने बताउनुभयो ।

Arus
Karnali Traders

ओलीले भन्नुभयो, ‘अहिलेको सरकार सरकारमा बस्न सुहाउने नै होइन । यिनीहरूलाई सरकारमा बस्न जनताले आदेश दिएका थिएनन् । जनताले जनादेश नदिएका मान्छेहरू अन्यत्रैबाट आए । सरकार नियुक्त गर्ने काम जहाँ संसद्ले गर्छ । संसद्ले प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त गरिएको, अर्को प्रधानमन्त्रीले शपथ गरिसकेको यी कुरा थाहा पाएन । संसद्ले एकैचोटि विश्वासको मत लिने बेलामा सरिक हुन बाध्य भयो । असंवैधानिक क्रियाकलापबाट जन्मिएको अस्वस्थ नाटक थियो त्यो । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु– यस्ता नाटकहरूलाई आउँदा दिनमा अन्त्य गर्नुपर्छ हामीले । म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु– जनताको अदालतले यस्ता कुराहरूको सही फैसला दिनुपर्छ । सामूहिक फैसला दिनुपर्छ । झन्डै तीन करोड नेपालीले एकजुट आवाज आफ्ना मतपत्रहरूबाट प्रष्फुटित गर्नुपर्दछ । म यो आग्रह गर्न चाहन्छु र यो आग्रह लिएर, हाम्रा महाधिवेशनको सन्देशहरु लिएर जनतामा जान म हाम्रा तमाम कमरेडहरुलाई, तमाम कार्यकर्ता साथीहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले नर्सिङ कलेजहरू हटाउने, हरेक ठाउँलाई पार्टीको भर्ती केन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज हामी देखिरहेका छौँ, हरेक ठाउँमा योग्य मानिसहरूलाई हटाउने र भर्ती केन्द्र बनाउने काम भइरहेको छ । आज ३० हजारभन्दा बढी पालिकाहरूले नर्सिङ खोल्छौँ भनेर निवेदन दिए । नर्सिङ कलेजहरू बन्द गर्ने अभियान चलाएको छ सरकारले । विदेश पठाउने र रेमिट्यान्सबाट देश चलाउने अभियानमा गइरहेको छ सरकार । यो अत्यन्तै दुःखको कुरा हो ।’ उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.