
कैलालीको गोदावरी नगरपालिका वडा नं ९ धनचौरीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
धनचौरीको भित्रि सडकमा रा १ त ४६५३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिडिरहेका कञ्चनपुर कृष्णपुर नगरपालिका ६ मौरीफाटा बस्ने अन्दाजी ४० वर्षीयको करन भट्टराईको मृत्यु भएको हो ।


ट्याक्टर र चालक धनगढी उपमहानगरपालिका ६ जाली बस्ने ३६ वर्षीय बिरबहादुर चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार
