Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १९, २०८३
प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र महताले जिल्लाका सात प्रमुख जनसरोकारका विषय समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रधानमन्त्रीसँग भएको भेटवार्ता तथा छलफलका क्रममा सांसद महताले कञ्चनपुरका नागरिकले लामो समयदेखि भोग्दै आएका समस्याहरू तत्काल सम्बोधन गर्न सरकारको सक्रिय पहल आवश्यक रहेको बताएका हुन्।

उनले पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिन थालेका विद्युतीय स्कुटरलाई एकपटकका लागि कानुनी रूपमा दर्ता गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। साथै, जिल्लामा बढ्दो छाडाचौपाया व्यवस्थापन, रासायनिक मलको अभाव अन्त्य तथा मल वितरण प्रणालीलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन पनि सरकारसँग माग गरेका छन्।

त्यसैगरी, महाकाली पुल आयोजना र महाकाली करिडोर निर्माणलाई तीव्रता दिन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित नागरिक, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या यथाशीघ्र समाधान गर्न उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सांसद महताले कञ्चनपुरका सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवालाई थप प्रभावकारी, उत्तरदायी र जनमैत्री बनाउन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि कडा र प्रभावकारी कदम चाल्न समेत आग्रह गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले उठाइएका विषयप्रति गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै परिणाम देखिने गरी आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको सांसद महताले जानकारी दिएका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल
राजनीति

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

साउन १९, २०८३
एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी
राजनीति

एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

साउन १९, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग
राजनीति

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

साउन १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २१ अङ्कले घट्यो

साउन १९, २०८३
चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

चिकित्सा शिक्षा आयोगमा निर्देशक नहुँदा एमबीबीएस प्रवेश परीक्षा अन्योलमा : सांसद मल्ल

साउन १९, २०८३
प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

प्रधानमन्त्रीसँग सांसद महताको भेट : कञ्चनपुरका ७ समस्या समाधान गर्न माग

साउन १९, २०८३
एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

एलपी ग्यास व्यवस्था गर्न नसके राजीनामा दिन आयल निगमलाई चेतावनी

साउन १९, २०८३
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपाको माग

साउन १९, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व