सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा एमाले जिल्ला अधिवेशन आज

नेकपा(एमाले) बैतडीको जिल्ला अधिवेशन आज हुँदैछ । पाटनमा हुने ८ औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनमा ५ सय ९ जना प्रतिनिधि सहभागी हुनेछन् भने पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरु सहभागी हुने बताइएको छ ।

पार्टीका वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा हुने उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुरनसिंह दयाल प्रमुख अतिथि रहने छन् । प्रदेश कमिटी अध्यक्ष तथा संघीय सांसद दामोदर भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज लिलाधर भट्ट लगायतका नेताको सहभागीता हुने आर्थिक विभाग प्रमुख चक्र कार्कीले बताए ।

Sana Kishan

पाटनस्थित खुल्लामञ्चमा हुने उद्घाटन समारोहका लागि मञ्च सजाउनुका साथै बजारलाई पार्टीका झण्डा र व्यानरले सजाइएको छ । अधिवेशनमा १७ लाख रकम खर्च हुन सक्ने अनुमान गरिएको छ । गोदावरी न्युज बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.