सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेसमा युवा आएसँगै रूपान्तरण सुरु भयो : महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रूपान्तरण सुरु भएको बताउनुभएको छ । आज बिहीवार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेसमा युवाको आगमन भएसँगै रूपान्तरण सुरु भएको बताउनुभएको हो ।

महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनुभयो । उहाँले यो आन्तरिक अभ्यास भएकाले हार र जित नभएको बताउनुभयो ।

Sana Kishan

यस्तै महामन्त्री शर्माले अब कांग्रेस रूपान्तरित भएर जाने र आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुनसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकाङ्क्षाको जित भएको बताउँदै निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्न सुझाव दिनुभयो । उहाँले आउँदो चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बाउन सक्ने तागतको रूपमा बदल्न नेतृत्व लागेको जिल्ला र पालिकाबाट कार्यकर्ताले यत्तिकै साथ दिनुपर्ने बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले अबको दिन कांग्रेसलाई इलाममा पहिलो बनाउन सबैको साथ रहेको बताउँदै सबैले यो गुट त्यो गुट नभनी एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.