Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना : मोदीसँग सम्बन्ध सुधार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २२, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा भाग लिन (२५ पुस) आइतबार भारत जाने भएका छन् । बुधबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको देउवाको चारदिने भ्रमण राजकीय त होइन, तर गुजरातमा हुने भेट र वार्ताहरु त्योभन्दा कम नहुने भारतीय पक्षको आश्वासन छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री देउवा २५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार नेपाल एअरलाइन्सको विमानबाट नयाँदिल्ली जानेछन् ।

 

केही मन्त्री र उद्योगी व्यवसायीहरु रहेको नेपाली टोली पुस २५ गते नै अहमदावाद जानेछ । त्यहाँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुनुका साथै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता समेत गर्ने छन् ।

दुवै पक्ष चाहन्छ सम्बन्ध सुधार 

नेताहरुका अनुसार २९ असारमा प्रधानमन्त्री बन्नु अघिसम्म देउवा मात्र होइन, उनले नेतृत्व गरेको दल नेपाली कांग्रेसप्रति भारतको दृष्टिकोण फरक थियो । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनपछि देउवा विघटन विरुद्धको आन्दोलनका पक्षमा नउभिनुमा भारत पनि एउटा कारण थियो ।

 

भारतले कुनै हालतमा संसद पुनर्स्थापना हुन दिंदैन भन्ने उनको बुझाइ रहेको उनी निकट कांग्रेसका नेताहरु अनौपचारिक कुराकानीहरुमा बताउँथे । ११ फागुन २०७७ मा संसद पुनर्स्थापनाको पक्षमा फैसला त भयो, तर देउवाले सरकारको नेतृत्वका लागि रुचि देखाएनन् । उनमा सरकारको नेतृत्व गर्ने चाहना त थियो, तर भारत आफूप्रति सकारात्मक छैन भन्ने उनले राम्रोसँग बुझेका थिए ।

 

त्यही क्रममा ६ वैशाखमा पार्टीको विद्यार्थी संगठन नेविसंघको एउटा कार्यक्रममा देउवाले भनिदिए, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने (केपी शर्मा) ओलीले आज इन्डियासामु त्वंशरणम् गरिसके, भारतविरोधी नाराबाट जितेको ओली भारतको टाङमुनि छिरिसके ।’

जेठमा फेरि संसद विघटनको खेल भयो । तत्कालीन एमालेकै २३ सहित १४६ सांसदको हस्ताक्षर बुझाउँदा पनि संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री बन्न सकेनन् र जेठ ७ मा फेरि प्रतिनिधिसभा विघटन भयो । २८ असारमा सर्वोच्चले फेरि प्रतिनिधिसभा पुनर्स्थापित मात्र गरेन, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश नै दियो ।

देउवा निकट नेताहरुका अनुसार प्रधानमन्त्री देउवाले ३ साउनमा विश्वासको मत लिएपछि भने भारतको दृष्टिकोण बदलियो । भारतले देउवासँग सम्बन्ध सुधार्न चाह्यो, देउवा पनि सम्बन्ध सुधार नै चाहन्थे । भदौमा नेपाल आएका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे । देउवा पत्नी आरजु राणाले रक्षाबन्धनको अवसर पारेर चौथाइवालेलाई राखी बाँधिदिइन् ।

त्यसको केही दिनमै कांग्रेसका तत्कालीन सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली भारत पुग्यो र बीजेपीका नेताहरुसँग भेटवार्ता गरे ।

 

(onlinekhabar.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु
फ्ल्यास हेडिङ

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

साउन १८, २०८३
आज राष्ट्रियसभाको बैठक बस्दै
मुख्य समाचार

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना
मुख्य समाचार

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु

साउन १८, २०८३
आज राष्ट्रियसभाको बैठक बस्दै

आज राष्ट्रियसभाको बैठक बस्दै

साउन १८, २०८३
देशका धेरै ठाउँको मौसम आज पनि बदली : भोलिदेखि सुधार हुने सम्भावना

आझ तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३
दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

दैजी–बेलडाँडी सडकमा मोबाइल नेटवर्क अभाव, सुरक्षा चिन्ता बढ्यो

साउन १७, २०८३
दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

दोधारा चाँदनी र कृष्णपुरमा DRRM, CCA तथा GESI र GEDSI मूलप्रवाहीकरणसम्बन्धी दुईदिने तालिम सम्पन्न

साउन १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व