सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफ्नो सभ्यता र इतिहास जोगाउन जरुरी  : केपी शर्मा ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताएका छन् । ओलीले सभ्यताको सृष्टि नै आफ्नै भूमिबाट भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दामात्रै इतिहासमाथि न्याय हुने बताए ।

संस्कृति बचाउ अभियन्ताहरूसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उनले आफूहरूका पूर्वजहरूसँग अरु कसैको तुलना हुन नसक्ने भन्दै सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्यताको विकास गरेको दाबी गरे ।

अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

उनले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरूलाई सधैं आफ्नो साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । अध्यक्ष ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनभन्दा हजारौँ वर्षअघि महान् खगोलविद् भास्कराचार्यले पत्ता लगाए पनि त्यसको चर्चा गर्न नसकिएको बताए ।

Sana Kishan

उनले अष्टवक्रजस्ता दार्शनिकहरूको चर्चा हुन नसकेको उल्लेख गर्दै भने, ‘हाम्रा पूर्वजहरूसँग कसैको तुलना हुँदैन । सभ्यताको सृष्टि यहाँ भएको थियो । यो सभ्यताको सृष्टि र विकास भएको ठाउँ हो । पछि अन्त छरियो । एक ठाउँमा आगो बालेपछि ज्योति परपर जानु स्वाभाविक पनि हो ।’

‘यहाँ आगो बालियो, अन्त ज्योति फैलियो । पछि आगोका झिल्को लिएर गएकाहरू प्रमिथस भएर निस्किए‚’ उनले भने ।

विस्तार हुन नसक्दा आफ्ना पूर्वजले आर्जन गरेको ज्ञान सीमित क्षेत्रमा खुम्चिन पुगेको बताउँदै अध्यक्ष ओलीले यो ज्ञानभूमि भएको समेत दाबी गरे । ekantipur.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.