सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रचण्ड नै पार्टी र देशको अभिभावक : देव गुरुङ

140
Sana Kishan

नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावकको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताएका छन्।

बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता गुरुङले नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका हुन्। उनले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए।

Arus

आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने पनि उनले जानकारी दिए। उनले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताए।

नेता गुरुङले भने, ‘पार्टीको निर्माणको प्रक्रियामा आन्दोलनको आवश्यक्तअनुसार, परिस्थितिअनुसार कहिले एकल पदको अभ्यास, कहिले बहुपदको अभ्यास गर्दै जानुपर्छ भन्ने नै हो। पछिल्लो समयको परिस्थिती हेर्दा शान्तिपूर्ण रुपले निर्वाचनको प्रक्रियाबाट जानुपर्ने, संसदको प्रक्रियाबाट जानुपर्ने, कहिलेकाहीँ सरकारको प्रक्रियाबाट जानुपर्ने,यी सबै सडकदेखि सरकारसम्मका सबै प्रक्रियाबाट जानुपर्ने अवस्थामा सायद एकल पदभन्दा पनि बहुपद नै उपयुक्त हुन्छ कि भन्ने कुरा उठेर विधानमा बहुपदको व्यवस्था गरिएको हो।’

Karnali Traders

नेता गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको बताए।

उनले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताए। नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पारे।

नेता गुरुङले भने, ‘अहिलेको सन्दर्भमा निश्चितरुपले दुई जना उम्मेदवारको बारेमा वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को सार्वजनिक रुपमा महासचिवमा दाबेदारी भनेर जो आइरहेको छ। दुईजना बीचमा सहमति हुन नसकिरहेको अवस्थामा तेस्रो सहमतिको उम्मेदवार खोज्नुपर्ने र सहमतिको लागि सिनियर कम्रेडहरु नै खोज्नुपर्छ भन्ने कुरा गरिरहनुभएको छ। अध्यक्षले चाहेको अवस्थामा निर्वाचन नगराइकन सहमतिमै जानुपर्छ भनिरहेको अवस्थामा लिडरशीपले सेटिङ गरेअनुसारको जिम्मेवारी नाई नास्ती गर्ने भन्ने कुरो भएन, अस्वीकार गर्ने भन्ने कुरा हुँदैन।’

नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरु सहमतिमै चयन गर्न आग्रह गरे। उनले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितीमा पुग्ने दाबी गरे। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.