Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चिसोका कारण तराईको जनजीवन कष्टकर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २०, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विगत केही दिनयता बढेको अत्याधिक चिसो र शीतलहरका कारण प्रदेश नं २ का जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसो बढेपछि प्रदेश नं २ का विभिन्न तीन जिल्लाका विद्यालयमा बिदा दिइएको छ।

चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ। विगत तीन दिनदेखि घाम नलाग्ने, चिसो हावा चलेका कारण सर्वसाधारणहरु आगो बालेर दिन बिताउन बाध्य भएका छन्। चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको चाप घटेको छ। चिसो बढेपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको जनकपुरका व्यापारीले बताएका छन्।

यसैबीच जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले जाडोको सुरुआत भइसकेकाले नागरिकलाई चिसोबाट जोगाउन तयारी अवस्थामा रहन जिल्लाभरिका स्थानीय तहलाई आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए। प्रजिअ बाँस्तोलाका अनुसार चिसो बढेसँगै विभिन्न चोकचोकमा आगो बाल्न दाउरा वितरण थालिएको छ भने जिल्लाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो लुगा, स्वीटर बाँड्न थालिएको छ।

सोमबार धनुषाको धनौजीस्थित राष्ट्रिय आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका २०० बालबालिकालाई स्वीटर बाँडिएको प्रजिअ बाँस्तोलाले बताए। जिल्लाका थप सामुदायिक विद्यालयका बालबालिकालाई स्वीटर बाँड्ने योजना रहेको प्रजिअ बाँस्तोलाको भनाइ छ। यसका साथै चिसोबाट प्रभावित विपन्न, गरिब परिवारलाई वितरण गर्न युनिसेफसँग कम्बल माग गरिएको उहाँले बताउनुभयो। अत्यधिक चिसो बढेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश नं २ सरकारले पनि आवश्यक तयारी थालेको छ।

‘‘चिसोबाट प्रभावितका लागि न्यानो लुगा र कम्बलको जोहो गरिरहेका छौँ”, प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भने, ‘‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरु गरेका छौँ, केही दिनभित्रै वितरण गर्नेछौँ।” यसवर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठदाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ।

‘‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख प्रत्यक्ष सम्पर्कमा छौँ”, मन्त्री साहले भने, ‘‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतका बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ।” शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उनले बताए।

यसैबीच गत पुस १६ गतेदेखि क्रमशः बढ्दै गएको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको भन्दै प्रदेश नं २ तीन वटा जिल्लाका सामुदायिक विद्यालयमा एकसाताका लागि बिदा दिइएको छ। बाक्लो हुस्सु, कुहिरो तथा पश्चिमी वायुले बढेको चिसोका कारण घरबाहिर निस्किन नसकिने अवस्था बढ्दै जाँदा प्रदेश नं २ को सर्लाही, पर्सा र महोत्तरी जिल्लाका सामुदायिक विद्यालयमा एकसाताका लागि बिदा दिएको हो।

महोत्तरीको सोनमा गाउँपालिकाले चिसोका कारण चार दिनका लागि पालिकाअन्तर्गत सम्पूर्ण विद्यालयमा बिदा दिइएको जनाएको छ। चिसोका कारणले विद्यार्थीलाई विद्यालय आउन समस्या भइरहेको भन्दै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा मङ्गलबारदेखि चार दिनका लागि विद्यालयमा बिदा दिएको सोनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार साहले जानकारी दिए।

वर्षे बिदाबाट कटौती हुने गरी आजदेखि २३ गतेसम्म पालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख साहले बताए। थाहा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक
वातावरण

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन
वातावरण

दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन

असार २, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने
वातावरण

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व