सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा विद्युतीय राहदानी सेवा सञ्चालन

377
Sana Kishan

कञ्चनपुर – जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सञ्चालन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी भएको निर्देशनअनुसार विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको हो।

राहदानी विभागले मङ्सिर २ गते गरेको पत्राचारअनुसार जिप्रका कञ्चनपुरले एमआरपी राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने काम बन्द गरेको थियो। एक महिनादेखि राहदानीको रोकिएको काम आजदेखि सुरु भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए।“दक्ष जनशक्ति तयार गरी विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएका छौँ”, उनले भने, “यसअघि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागले केन्द्रबाट राहदानी उपलब्ध गराउँदै आएको थियो। अब त्यो सेवा जिल्लाबाटै उपलब्ध हुन्छ।”

Arus
Karnali Traders

विद्युतीय राहदानीका लागि निवेदन दिँदा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर आवश्यक पर्ने हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत उक्त नम्बर लिई राहदानी विभागको वेबसाइटमा गई आवेदन दिनुपर्छ। विद्युतीय राहदानी सेवा सुदूरपश्चिम प्रदेशको हाल दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै लागू गरिएको छ।सो सेवा हाललाई जिल्लाभित्रका स्थायी बासिन्दाले मात्रै प्रयोग गर्न पाउने छन्। कैलाली जिल्ला प्रशासन कार्यालयले आइतबारबाट विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.