सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

माओवादीबाट को–को बने राष्ट्रिय सभा सदस्यका उम्मेदवार ?

173
Sana Kishan

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ ।

हिजो बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवार टुङ्गो लगाउन जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

Arus

सत्ता गठबन्धन दलसँग भएको सहमतिअनुसार माओवादी केन्द्रले पाँच जना उम्मेदवार छनोट गरेको छ।

Karnali Traders

माओवादी केन्द्रले प्रदेश–२ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपाङ्गता भएकातर्फ सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।

निर्वाचन आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।

राष्ट्रिय सभा सदस्य चुनाव आउँदो माघ १२ मा हुनेछ । चुनावका लागि आयोगले यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.