सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको मझगाउँ विमानस्थलमा निर्माण हुने संरचनाको पुस २८ गते शिलान्यास गर्ने तयारी

कञ्चनपुर –  कञ्चनपुरको मझगाउँ विमानस्थलमा निर्माण हुने संरचनाको पुस २८ गते शिलान्यास गर्ने तयारी भइरहेको छ । लामो समयदेखि बन्द रहँदा प्रयोगविहीन भएको विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक संरचना निर्माणको शिलान्यास गरिने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले जानकारी दिनुभयो । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले विमानस्थलका संरचनाहरूको शिलान्यास गर्नु हुने बताइएको छ ।

विमानस्थल पुनर्निर्माण कार्यमा सङ्घीय सरकारको ५०%, प्रदेश सरकारको २५%, भीमदत्त नगरपालिकाको १५% र दोधारा चाँदनी नगरपालिकाको १०% लगानी रहेको छ । सरकारले २७ करोड लागत अनुमानको ठेक्का आह्वान गरेको थियो । निर्माणको ठेक्का कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ । विमानस्थल सञ्चालनका लागि १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्ड लगायत आवश्यक संरचना निर्माण गरिने छ ।

Sana Kishan

संरचना निर्माण सकिए लगत्तै महेन्द्रनगर–काठमाडौँ हवाई सेवा सुरु हुने बताइएको छ । विमानस्थल पुनः सञ्चालनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हुँदादेखि नै सांसदद्वय डा. दीपक प्रकाश भट्ट र निरु देवी पाल तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतले पहल गर्नु भएको थियो । ओली सरकारकै पालामा अगाडि बढेको विमानस्थल पुनः सञ्चालनको प्रक्रिया अहिले भौतिक संरचना शिलान्यासको चरणमा पुगेको छ । नेपाल बोध डटकम बाट सभार

World Link Ads
Mahakali Polytechnic

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.