सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मंगलबार देखि पहाडी क्षेत्रमा पुनः हिमपात हुने

95
Sana Kishan

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । उपत्यका र तराईका भूभागमा हुस्सु÷कुहिरो लागेको छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Arus
Karnali Traders

त्यस्तै बुधबार सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी,गण्डकी तथा बागमती प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । सुदूर पश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.