Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खेलाडी र नेपाल क्रिकेट संघबीचको विवाद मिलेको क्यानको दाबी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ पुष १९, सोमबार ०७:४४
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीसँग रहेको विवाद साम्य भएको दाबी गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले सबै पक्षबारे पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग छलफल गरिएको तथा छलफल राम्रो र सकारात्मक भएको जनाउँदै खेलाडी र संघबीचको विवादको अन्त्य भएको जनाए ।

 

 

सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयलाई लिएर सञ्चारमाध्यममा गएर बोलेपछि क्यानले मंसिर २९ गते कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्नुका साथै उनीहरू दुईसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो ।

 

क्यानले चार खेलाडीमाथि कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । त्यसयता विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा, रोहित पौडेललगायत खेलाडीले कारबाहीको विरोधमा ऐक्यबद्धता जनाउँदै आएका छन् । क्यान र खेलाडीबीच अनौपचारिक वार्ता र छलफल भए पनि सहमति हुन सकेको थिएन ।

आइतबार क्यान र ज्ञानेन्द्रबीच औपचारिक वार्ता भएको थियो । पहिलो चरणमा क्यान अध्यक्ष चन्द र ज्ञानेन्द्रबीच छलफल भएको थियो । त्यसपछि ज्ञानेन्द्र, क्यानबाट चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल तथा प्रमुख प्रशिक्षक पुबुदु दासानायकेबीच लामो छलफल भएको थियो । छलफलबारे खेलाडीका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

 

 

‘हिजोमात्र चार खेलाडीबाट कारबाही फिर्ता पाऊँ भनेर क्यानमा निवेदन आएको हुनाले एउटा बोर्ड बैठकले गरेको निर्णय अर्को बोर्ड बैठकले मात्र सच्याउन मिल्छ । त्यसकारण आगामी बोर्ड बैठकमा ग्रेडिङको विषयलाई सच्याउने र कारबाही फुकाउने प्रतिबद्धता क्यानका तर्फबाट हामीले गरेका छौं,’ क्यान अध्यक्ष चन्दले छलफलका बारेमा भने । कप्तान र उपकप्तानलाई यथावत् स्थानमा नफर्काए र सेन्ट्रल कन्ट्रयाक्टको वर्गीकरण नसच्चाए हामी खेल्दैनौं भन्ने आशयको पत्र अघिल्लो दिन पठाएकाले छलफल गरिएको चन्दले जनाए ।

क्यानले कारबाही गरेका चार खेलाडीप्रति ऐक्यबद्धता जनाउँदै ८ खेलाडीले प्रशिक्षणमा सहभागी हुन नसक्ने पत्र पठाएका थिए । ‘खेलाडीको हकहितमा बोलेकै आधारमा कप्तान र उपकप्तान हटाइएको र चार जना खेलाडीमाथि गरिएको कारबाही यथावत् रहेको हुँदा यसले हामी खेलाडीको मनोबल गिर्नुका साथै राम्रो क्रिकेट खेल्नका लागि चाहिने वातावरण नबनेको आभास भएको’ भन्दै कुशल भुर्तेल, विक्रम सोब, करण केसी, सुशन भारी, रोहितकुमार पौडेल, विनोद भण्डारी, सन्दीप जोरा, नन्दन यादवले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने भन्दै हस्ताक्षर पत्र क्यान पठाएका थिए ।

 

 

 

चन्दले अगाडि भने, ‘कप्तान र उपकप्तान पनि यथावत् राखिपाऊँ भन्ने खेलाडीको माग थियो त्यसमा हामी बैठकमा उपस्थित पदाधिकारी र प्रमुख प्रशिक्षक सहमत भएनौं । अहिले ट्वान्टी–२० विश्वकप छनोटमा सन्दीप लामिछानेकै कप्तानीमा नेपाली राष्ट्रिय टोलीले खेल्छ । सबैले सन्दीपलाई कप्तान मानेर अगाडि बढ्नुपर्छ भन्नेमा हामी सहमत भयौं । यसमा ज्ञानेन्द्र पनि सहमत हुनुभयो । यसमा मलाई लाग्छ सबै खेलाडी एक ढिक्का भएर अगाडि बढ्नेछन् ।’

 

 

 

क्यान र खेलाडीबीचको विवादका कारण ग्लोबल ट्वान्टी–२० छनोटको नेपालको तयारी सुरु हुन सकेको छैन । ओमानमा फेब्रुअरी १५ देखि ट्वान्टी–२० विश्वकप छनोट हुँदै छ । क्यानले ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरे पनि क्यान र खेलाडी विवादका कारण प्रशिक्षण आइतबार सुरु हुन सकेको थिएन । खेलाडीहरूलाई शनिबार होटलमा रिपोर्टिङ गर्नु भनिएको थियो । सौरभ खनाल, शाहव आलम, कुशल मल्लसहित खेलाडीको कारबाहीमा विरोधमा रहेका नन्दन यादव आइतबार बिहान होटल पुगेका थिए । त्यस्तै विनोद भण्डारी, विक्रम सोब र सुशन भारी आइतबार राति टिम बसेको होटल पुगेका छन् ।

‘बाँकी रहेका सबै खेलाडीले आइतबार साँझ ६ बजेभित्र होटलमा रिपोर्टिङ गर्नु अन्यथा हामी वैकल्पिक व्यवस्था गर्छौं भनेर हामीले व्यक्तिगत पत्र पठाएपछि र वार्तापछि ज्ञानेन्द्रले भोलि (सोमबार) बिहान ९ बजेसम्मको समय माग्नुभएको छ,’ चन्दले भने, ‘त्यसपछि उहाँहरू आउनुभएन भने विकल्प खोज्ने सहमति भएको छ । अरू खेलाडी नआए पनि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सोमबारबाट सुरु हुनेछ ।’

 

 

 

सेन्ट्रल कन्ट्रयाक्टको वर्गीकरणमा क्यानको पनि केही कमजोरी रहेको चन्दले स्विकारे । वर्गीकरणको विषयमा मापदण्ड बनाउँदा कमसे कम वर्गीकरण हुनुभन्दा पहिला नै जानकारी हुनुपर्ने विषय भएकाले आफूलाई यो तर्क ठीक लागेको उनले जनाए ।

‘जुन पक्षका लागि हामीले निर्णय गर्ने हो त्यो पक्षको पनि सहभागिता औपचारिक र अनौपचारिक छलफलका माध्यमबाट हामी यो–यो मापदण्ड राखिरहेका छौं, यो मापदण्डमा पर्ने मान्छे फिट हुन्छ, यो यो मापदण्डमा नपर्ने मान्छे फिट हुन्न भन्ने जानकारी सरोकारवालालाई दिइसकेपछि मलाई लाग्छ यो विवाद लामो जाँदैन थियो होला,’ चन्दले भने, ‘यसबारे पछिल्लो पटक संवाद भएन, अर्को सेन्ट्रल कन्ट्रयाक्ट बनाउन दिएको हाम्रो समितिले ६ महिना ढिलो गरी वर्गीकरण दियो । त्यो पनि गोप्य फाइल सिलबन्दी खाममा बोर्ड बैठकमा मात्र खोल्नु भनेर दिइएको थियो । त्यो फाइल पाएको दुई महिनापछि बोर्ड बैठक बस्यो, त्यो खोल्दा अलिकति ढिला भएका कारण त्यो बीचमा नेपालले १–२ शृंखला खेलेकाले यसमा अलिकति हामीले सम्झाउन नसकेका हौं ।’

वर्गीकरणमा गल्तीभन्दा पनि ढिलो गरी भएको तथा कुनै न कुनै कमजोरी क्यानबाट भएको जनाउँदै चन्दले भने, ‘समयमा व्यवस्थापन नगर्नु पनि हाम्रो कमजोरी हो । ग्रेडिङ कमिटीको या समयमा बोर्ड बैठक राख्न नसक्नु हाम्रो कमजोरी र बाध्यता थियो ।’ खेलाडीको वर्गीकरण आउँदा ओमानको शृंखला समावेश नभएकाले विवाद लम्बिएको उनको तर्क थियो ।

 

 

कमीकमजोरीलाई सच्याएर जाने र मापदण्ड बनाउँदा पारदर्शी तरिकाले आवश्यकताअनुसार खेलाडीहरू, प्रमुख प्रशिक्षक, छनोट समितिलाई राखेर वर्गीकरण गरिने सहमति भएको चन्दको दाबी थियो ।

उनले भने, ‘वर्गीकरणमा अब कुनै विवाद छैन । गत वर्षको वर्गीकरणमा खेलिरहेका खेलाडी ज्ञानेन्द्र, सोमपाल र पूर्वखेलाडी पारस खड्काले अहिले पनि सेन्ट्रल कन्ट्रयाक्टमा हस्ताक्षर गर्नुभएको छैन । हस्ताक्षर गरेपछि पैसा निकास भइहाल्छ । पैसा निकासका लागि हामी आईसीसीमा पहल गर्छौं किनभने त्यो अडिट भएर यो विषय बन्द गरिसकेका थियौं । यसलाई फेरि मिलाउनुपर्ने हुन्छ, त्यसमा हामी खुला छौं ।’

 

 

(ekantipur.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल
फ्ल्यास हेडिङ

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७८ पुष १९, सोमबार ०७:४४
सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल
फ्ल्यास हेडिङ

सरकारले व्यवस्थापिकाको अधिकार क्षेत्र अतिक्रमण गर्न खोज्योः एमाले नेता बादल

२०७८ पुष १९, सोमबार ०७:४४
एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक
फ्ल्यास हेडिङ

एक महिनामा सञ्चार मन्त्रालयको प्रगति सार्वजनिक

२०७८ पुष १९, सोमबार ०७:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ पुष १९, सोमबार ०७:४४
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०७८ पुष १९, सोमबार ०७:४४
चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

चुरेमा ५ दिने सामुदायिक प्रतिकार्य टोली तालिम सुरु: विपद् व्यवस्थापनमा स्थानीयलाई दक्ष बनाइँदै

२०७८ पुष १९, सोमबार ०७:४४
कुनै उपाय नभएपछि आम सहमतिले प्रतिनिधिसभा विघटन गरेँ : राष्ट्रपति रामचन्द्र पौडेल

बुद्ध दर्शनले मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्नसक्छः राष्ट्रपति रामचन्द्र पौडेल

२०७८ पुष १९, सोमबार ०७:४४
विद्यार्थीहरू पढाइबाट वञ्चित हुन नपरोस् भनेर सार्कले ल्यायो बृहत् छात्रवृत्ति योजना

सार्क एजुकेशन फाउण्डेशनले ल्यायो ‘STREAME’ प्रणाली

२०७८ पुष १९, सोमबार ०७:४४
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

यस्तो छ आजको मौसम

२०७८ पुष १९, सोमबार ०७:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व