
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनजना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। हालै सम्पन्न १४औँ महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन्।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

शनिबार मात्रै सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थिए। देउवाले अब थप २० जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ। थाहा खबर बाट सभार
