सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लाको पञ्चेश्वर ३ किचोरामा खाने पानिको चरम समस्या

146
Sana Kishan

बैतडीको पञ्चेश्वर गाउपालिका वडा नं. ३ किचोरामा खाने पानिको चरम समस्या रहेकोे छ । खाने पानि नहुदा अधा घण्टाको बाटोमा पानि बोकेर ल्याउनु परेको स्थानिय विर बहादुर चन्द ले बताए ।

संघ सरकारकोे कार्यक्रममा लिप्टिङ् सिष्टमबाट दुई बर्ष पहिला भन्याडी खोलामा मुहाल रहेको जोगिधारा खानेपानि योजना विस्तार गरिएको भएपनि एउटै मुहानबाट दुई टोलमा पानि जाने भएकोले हिउँदको समयमा पानिको चरम अभाव हुने गरेको स्थानीयहरुले जानकारि दिए ।

Arus
Karnali Traders

एउटै मुहानबाट दुई टोलमा पानि जाने र त्यसमा पनि हिउंदको समयमा मुहानमा पानि सुक्दै जाने भएकोले अहिले पानिको समस्या भएको पञ्चेश्वर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मिन वहादुर चन्द ले बताए ।

शिवनाथ गाउँपालिकाको मल्ली मड भन्ने ठाँउबाट पानि आउने र मुहान नजिक रहेकोले त्यहाँका उपभोक्ता हरुले प्रयोग गरेपछि मात्रै किचोरामा पानि आउने भएकोले समस्या भएको वडा अध्यक्षले बताए । खानेपानि समस्या व्यवस्थापनको लागि वडा बाट ५ लाख बजेट छुट्याएको र यथाशिग्र पानिको व्यवस्था गरिने अध्यक्ष ले जानकारि दिए । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.