Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेकपा माओवादी केन्द्रमा केन्द्रीय सदस्य चयनमा सकस : निर्वाचन आइतबार सम्मका लागि स्थगित !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १८, २०७८
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमा केन्द्रीय सदस्य चयनका लागि शनिबार तय गरिएको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मका लागि स्थगित गरेको छ ।

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार रातिका लागि तय गरेको निर्वाचन कार्यक्रमहरु आइतबार दिउँसोदेखि अघि बढ्ने गरी स्थगित गरिएको संयोजक विष्णुपुकार श्रेष्ठले बताए ।

‘शनिबार राति ८ बजेबाट मनोनय शुरु गर्ने भनेका थियौं । तर, नेताहरुले भोलि दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने भनेपछि निर्वाचन कार्यतालिक हेरफेर भएको छ’ उनले भने ।

माओवादी केन्दका नेता दलजीत श्रीपाइलीका अनुसार सहमतिमा केन्द्रीय सदस्य चयनमा सकस भएकाले निर्वाचन तालिका प्रभावित भएको हो । सबैलाई मिलाएर सहमतिमै केन्द्रीय सदस्य टुंग्याउने गरी स्थायी कमिटीले गृहकार्य गरिरहेको उनले बताए ।

‘सबै प्रतिनिधिहरुले समानुपातिक समावेशिताको कुरा शसक्त रुपमा उठाएका छन् । त्यसमा पनि कुरा मिल्न बाँकी छ’ बन्दसत्र स्थगन हुनुको कारणबारे उनले भने ।

माओवादीको महाधिवेशनबाट पारित विधान अनुसार केन्द्रीय समितिका १५४ सदस्य समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको एक नेताले जानकारी दिए । तर, प्रदेशहरुले पनि नेताहरुको नाम सिफारिस गरिसकेका छैनन् । नेताहरुका अनुसार क कसको नाम सिफारिस गर्ने भनेर प्रदेश कमिटीमै सहमति हुन सकेको छैन ।

केही प्रदेशले लिस्ट बुझाउन बाँकी रहेको र बुझाइएको लिस्टमा पनि स्थायी कमिटीले हेर्न बाँकी रहेको एक स्थायी कमिटी सदस्यले बताए ।

‘आएका नामहरुमा पनि कतिपय डुब्लिकेसन हुन सक्छ । भनिएको भन्दा बढी वा कम आएको पनि हुन सक्छ । कतिपयलाई केन्द्रीय कमिटी भन्दा अन्य जिम्मेवारी दिन सकिने पनि हुन सक्छ’ एक नेता भन्छन्, ‘हामीले तय गरेको समानुपातिक समावेशी सहभागिता पनि हेर्नुपर्छ ।’

समानुपातिक पद्धतितर्फको केन्द्रीय सदस्यका लागि तय गरिएको क्लस्टरमा पनि कतिपयले असन्तुष्टी जनाएका छन् । दलित समुदायले आफूहरुले विगतमा पाउने भनिएको भन्दा कम प्रतिशत दिन खोजिएको भन्दै विरोध जनाएका छन् । यो विषयमा पनि छलफल चलिरहेको नेता दलजित श्रीपाइलीले बताएका छन् ।

बन्द सत्र हलबाट पारित विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ ।

समानुपातिक पद्धतितर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् । केन्द्रीय सदस्यका बाँकी सदस्य भने खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् ।

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुनेछ।

युवा आकांक्षी धेरै

माओवादी केन्द्रले केन्द्रीय कमिटीमा ४० बर्षमुनिका युवालाई २० प्रतिशत कोटा छुट्याएको छ । २९९ सदस्यीय केन्द्रीय कमिटीमा यो भनेको ६० जना हो । तर, आकांक्षीहरु सय भन्दा बढी देखिएको नेताहरुले बताएका छन् ।

तर, आइतबार सबै केन्द्रीय समिति सदस्यहरुको टुंगो लान्ने नेताहरुको भनाइ छ । नेताहरुका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा हुनेछ । त्यसमा असहमति राख्नेहरु रहे मात्रै निर्वाचन हुनेछ ।

 

 

 

(onlinekhabar.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
साउन १५ : परम्पराअनुसार खिर खाने दिन
फ्ल्यास हेडिङ

साउन १५ : परम्पराअनुसार खिर खाने दिन

साउन १५, २०८३
 सुनसरीको देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
फ्ल्यास हेडिङ

 सुनसरीको देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व