सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चार दिनदेखि हिउँमा फसेका बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो !!

214
Sana Kishan

ताप्लेजुङ: चार दिनदेखि लोदेन खर्कको हिउँमा फसेका बाबुछोरा खोज्न गएको हेलिकप्टर फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले मिक्वाखोला गाउँपालिका–५ सिम्बुकको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि फर्किएको हो ।

 

आइतबार बिहान सोहि हेलिकप्टरमार्फत फेरि प्रयास गर्नेगरीे उद्धार टोली फर्किएको वडाध्यक्ष डण्डु शेर्पाले बताए । स्थानीय गोठपालक लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षका छोरा पासाङ चार दिनदेखि हिउँमा फसेका छन् । चौरी गोठ सार्ने क्रममा हिउँमा फसेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

Arus

शुक्रबार बिहान आफन्तलाई फोन गरेर आफुूहरु हिउँमा फसेको र खानेकुरा पनि सवै सकिएको जानकारी दिएका थिए । सो खबर पाएपछि गाउँबाट युवाहरुको टोली उद्धारका लागि लोदेनतर्फ गएपनि अत्याधिक हिउँका कारण पुग्न सकेनन् ।

Karnali Traders

“तलबाट गएको युवाहरुको टोलीले ती बावुछोरालाई देखेछन् तर अत्याधिक हिउँका कारण सो स्थानमा पुग्न नसकेपछि गाउँबाट गएका युवाहरु फकिँदैछन् ।” वडाध्यक्ष डण्डुले भने “शनिबार दुईपटक प्रयास गर्दापनि भेट्न सकिएन । अब आईतबार बिहानै देखि प्रयास गर्छौ ।”

शुक्रबार दिउँसोदेखि टेलिफोन सम्पर्कमा रहेका उनीहरुले ओडारमा बसेको बताएको शेर्पा बताउँछन् । पाथीभरा तीर्थयात्री लिएर आएको माउन्टेन एयरको हेलिकप्टरले सुरुमा जाने भनेको पछि हिउँमा ल्यान्ड गर्न सक्दिँन भनेपछि फेरि अल्टिच्युट एयरको हेलिकप्टर झिकाईएको थियो ।

 

(annapurnapost.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.