सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योती कलेजका विद्यार्थी र शिक्षकद्वारा वृद्धआश्रममा खाद्यान्न तथा फलफूल वितरण !!

406
Sana Kishan

 प्रकाश भट्ट, कञ्चनुर – जिल्लाको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र वेदकोट नगरपलिका–८ रौटेला धाम गाउँजीमा स्थित बृद्धाआश्रमलाई फलफूल तथा खाद्यान्न बितरण गरिएको छ।

     

Arus

शनिबार कलेजका प्राध्यापक तथा सहायक पुर्व क्याम्पस चिफ बिरेन्द्र साउद, प्राध्यापक टेक बहादुर चन्द तथा बिनोद भट्टको उपस्तिथिमा खाद्यान्न तथा फलफूल बितरण गरिएको हो।

 

 

Karnali Traders

पुर्व क्याम्पस चिफ बिरेन्द्र साउदका अनुसार स्नातक तह प्रथम बर्ष समाजशास्त्र तथा सामाजिक कार्यमा अध्यनरत विद्यार्थीहरु तथा शिक्षकहरुले वृद्ध आश्रममा खाद्यान्न तथा फलफूल वितरण गरेका हुन।

 

 

आश्रममा दुई कट्टा चामल, फलफूल संयुक्त रूपमा र सोही क्याम्पसमा समाजशास्त्र अध्यनरत छात्रा ईसु चौधरीले व्यक्तिगत तर्फबाट एक कट्टा चामल लागयत तीन कट्टा चामल सहयोग बैजनाथ धामका व्यवस्थापक बहादुर सिंह बिष्ट लाई हस्तान्तरण गरिएको उनी बताउँछन् ।

 

विद्यार्थीले विषयगत अध्ययन तथा प्रयोजनाकार्यका लागि उक्त धामको अवलोकन गर्दै व्यवस्थापक पक्ष संग अन्तक्रिर्या समेत गरिएको उनी बताउँछन् । अङ्ग्रेजी नयाँ बर्ष २०२२ सालको आगमन भएको दिन आज सेवा गर्न पाएकोमा सबै विद्यार्थीहरु समेत खुसी भएका उनले बताए।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.