Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कोठामा हिटर र कोइलाको प्रयोग गर्दै हुनुहुन्छ ? यसरी अपनाउनु होस् सावधानी !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १७, २०७८
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बुधबार राती नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको दुःखद मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराईसँगै चार जनाको मृत्यु भएको हो । प्रहरी स्रोतका अनुसार कालीकोट, खाडाचक्र घर भएका भट्टराईसंगै उनकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महिने छोरा इप्सन भट्टराईको मृत्यु भएको हो । यस्तै, भट्टराईकी श्रीमती सुशीला, तीन वर्षीय छोरा विवश र भाई नरेन्द्र भट्टराईको अस्पतालमा उपचार भइरहेको छ । सुशीला होशमा रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर छ । उनीहरु सुतेको कोठाभित्र टिनको बट्टामा कोठा न्यानो बताउन आगो बालेको पाइएको छ । साथै झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

 

यस्तै, काठमाडौं, बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलको बाथरुममा सोमबार ग्यास गिजरमार्फत् पानी तताएर नुहाउन गएका १८ वर्षीय विद्यार्थी सुशील सहनीको ज्यान गयो । नुहाउन छिरेका उनी धेरै बेरसम्म बाहिर ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । उपचारका लागि तत्काल लगिए पनि अस्पताल पुगेलगत्तै डाक्टरले मृत घोषणा गरे । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । चिसोबाट बच्न हिटर, कोइला, गिजर प्रयोग गर्दा सावधानी नअपनाएमा ज्यानै जान सक्छ भन्ने कुरा यी घटनाबाट पनि प्रमाणित हुन्छ ।

देशका विभिन्न भागमा बर्षासहित हिमपात हुँदा चिसो अत्याधिक बढेको छ । चिसोबाट बच्न कोठा तताउन प्रयोग गरिने हिटर, कोइला लगायतले ज्यानै जान सक्ने हुँदा सावधानी अपनाउन विशेषज्ञहरुले आग्रह गरेका छन् । छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार हिटर, गिजर प्रयोग गर्दा वा कोइला बालेर सुत्दा अक्सिजनको खपत बढी हुनुका साथै कार्वन मोनोअक्साइड ग्याँसको मात्रा बढ्छ । भेन्टिलेशन नभएको गुम्म परेको कोठामा हावाको ओहोरदोहोर हुन नपाउँदा रङ र गन्धहीन कार्बन मोनोअक्साइडले मानिसको मृत्यु हुन सक्छ ।

डा. बमका अनुसार कार्वनमोनोअक्साइड श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्छ भने फोक्सोबाट रगतको नलीमा पुग्छ, जुन रक्तकोशिकामा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । रक्तसञ्चारमार्फत मस्तिकमा पुग्नुका साथै शरीरको पुरै अंगमा त्यही ग्याँस पुग्छ । कार्बन मोनोअक्साइड रक्त सञ्चारमार्फत टाउकोमा पुग्दा टाउको दुख्ने, बान्ता आउला जस्तो हुन्छ । त्यो अवस्थामा थाहा नपाएको खण्डमा मान्छे अर्धचेत अवस्थामा पुग्छ । त्यसबेला मुटुको गतिमा परिवर्तन आउँछ र कार्बन मोनोअक्साइडको पोइजनिङ भएर मानिसको मृत्यु हुन्छ ।

हिटरको प्रयोग गर्दा कस्तो कुरामा ध्यान दिने ?

–चलिरहेको हिटरलाई समय समयमा बन्द गरिरहनुपर्छ ।

–राती सुत्नुभन्दा पहिला हिटरलाई बन्द गरेर मात्रै सुत्नुपर्छ ।

–हिटर बालेको समयमा ढोका र झ्याल खुला राख्नुपर्छ ।

–ग्याँसबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालको सामग्री राख्न हुँदैन ।

–श्वासप्रश्वास, मुटु, नियमित खोकी लाग्ने व्यक्तिले सकेसम्म हिटरको प्रयोग नगर्ने ।

–लामो समयसम्म हिटरको प्रयोग गर्दा छाला, आँखालाई समेत सुख्खा बनाउँछ ।

–धेरै हिटर ताप्दा छालामा समस्या देखिने भएकाले छालामा नियमित चिल्लो पदार्थ लगाउनुपर्छ ।

 

(ratopati.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व